728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, May 15, 2013

    नागरिकता दिन पैसा असुल

    भैरहवा, जेष्ठ १ - सर्वसाधारणलाई सहज रूपमा नागरिकता उपलब्ध गराउन सञ्चालित एकीकृत घुम्ती सेवाअन्तर्गत गाउँमा खटिएको नागरिकता टोलीले सर्वसाधारणसित अनियमित रूपमा पैसा असुलेको आरोप स्थानीय सेवाग्राहीले लगाएका छन् । रूपन्देहीको पर्रोहा, गजेडी र दुधराक्ष गाविसका लागि पर्रोहा केन्द्रमा खटिएको टोलीले पैसा असुलेर नागरिकता दिएको आरोप पीडितले लगाए । पीडितका अनुसार गजेडी गाविसका सचिव सन्तकुमार चौधरीमार्फत एउटा नागरिकतालाई ३ देखि ५ हजार रुपैयाँ असुलिएको थियो । टोलीका प्रमुख इलाका प्रशासन बुटवलका रमेश गौतम थिए । 'पैसा नदिएसम्म नागरिकता दिन्न भन्दै गाविस सचिवले सीधै मागेपछि रकम बुझाउन बाध्य भयौं,' गजेडी ४ का महेश लोधले भने, 'पैसा बुझाउनेमा हाम्रो परिवारमात्र एक्लो होइन, अरू धेरैले बुझाए ।' उनले आफ्नो परिवारमा आमा शिलावती, दाजु परमात्मा लोध र आफ्नो गरी ५ हजारका दरले १५ हजार गाविस सचिवलाई बुझाएको बताए । उनी मजदुरी गरेर जीविकोपार्जन गर्ने निम्न वर्ग परिवारका सदस्य हुन् । टोलीले नागरिकताका लागि पैसा मागेपछि पैसा जुटाउन साथीभाइसँग सापटका लागि भौंतारिएका थिए । 'प्रमाण भए पनि पैसा नबुझाएसम्म पाइएन,' उनले भने, 'पैसा नदिएकाले आमाको नागरिकता कर्मचारीले फ्यांँकेका थिए ।' टोलीमा संलग्न र आरोपित कर्मचारी भने घटना सत्य नभएको दाबी गर्छन् । छानबिनका लागि जिल्ला प्रशासनले पहल गरेको छैन । आरोपित गजेडी गाविस सचिव सन्तकुमार चौधरीले आफूलाई कसैले पनि पैसा नदिएको र कसैले रिसइबीका कारण आफ्नो नाम मुछेको दाबी गरे । टोली प्रमुख रमेश गौतम यसबारे कुनै जानकारी नभएको र खटिएका कर्मचारीलाई कसैले सित्तैमा दिएको प|mुटिसमेत नखान निर्देशित गरेको बताउँछन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नागरिकता दिन पैसा असुल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top