728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 19, 2013

    टङ किस घिन लाग्छ : स्मिता थपलिया

    चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासाग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ?
    म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।
    सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?
    म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।
    ‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?
    उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।
    चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?
    कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।
    वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?
    म वास्तविक जीवनमा भने साधारण छु ।
    नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?
    मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।
    अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?
    मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ ।डेटिङको अफर कत्तिको आउछ ?
    डेटिङ त धेरैले जाउा भन्छन् । फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्छन् ।
    जीवनमा प्रेम गरिएको छ कि छैन ?
    एकजना युवकलाई गरेको छ । तर उसलाई फिल्म लाइन मनपर्दैनथ्यो । म यो क्षेत्रमा आउन चाहन्थे । यसैले हाम्रो प्रेम सम्बन्ध सुरु भएको ६ महिनामा नै ब्रेकअप भयो ।
    आफ्नो शरिरको कुन अंग सेक्सी लाग्छ ?
    मेरो ओठ एकदमै सेक्सी लाग्छ । मेरो ओठ मिलेको छ ।
    अनि सेक्सी ओठमा अहिलेसम्म कसैले चुम्बन गर्ने मौका पाएको छ कि छैन ?
    बिहे अघि त यो अवसर कसैले पाउँदैन ।
    कुन पहिरनमा एकदमै सुन्दर देखिन्छु जस्तो लाग्छ ?
    कुर्ता सुरुवालमा म एकदमै सेक्सी देखिन्छु । कुर्ता लगाउदा जसले हेर्छ उ भुतुक्कै हुन्छ ।
    कुन पुरुषलाई देख्दा चुम्बन गर्न मन लागेर आउँछ ?
    अर्जुन रामपाल देखेपछि त्यस्तो फिल हुन्छ । उसको अनुहार एकदमै सेक्सी लाग्छ मलाई ।
    के कुरा मिठो पकाउनुहुन्छ ?
    कुखुराको मासु र थुक्पा निक्कै मिठो पकाउाछु म ।
    सिनेमामा कत्तिसम्म दृश्य दिन्छु भन्ने लाग्छ ?
    म गालामा किस गरेको दृश्य त दिन सक्छु । तर टङ किस घिन लाग्छ । अरु दृश्य कथा अनुसार नै थाहा हुन्छ ।
    कस्तो सिनेमा खेल्न मन लागेको छ ?
    कलेज पढ्दै गरेकी एक युवतीको क्यारेक्टर गर्ने रुचि छ । यस्तै निक्कै दुखी युवतीको भूमिका पनि पाए गर्छु ।

    short >onlinkhabar

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टङ किस घिन लाग्छ : स्मिता थपलिया Rating: 5 Reviewed By: Unknown
    Scroll to Top