728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 17, 2013

    नायिका रेखा थापा एमाओवादीमा प्रवेश गर्दै


     
    rekha thapaकाठमाडौं, जेठ ४ -चर्चित नायिका रेखा थापा शनिबार एमाओवादीमा प्रवेश गर्ने भएकी छन् । एमाओवादी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुक मार्फत रेखा एमाओवादीमा प्रवेश गर्न लागेको जनाएका हुन् ।
    एमाओवादी मुख्यालय पेरीसडाडाँमा आयोजित कार्यक्रमबाट रेखासहित एमाले नेतृ उर्मिला अर्याल र उनका हजारौं कार्यकरता माओवादीमा प्रवेश गर्न लागेका हुन् । प्रकाशले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व मन्त्री उर्मिला अर्याल (उहांका साथ हजारौ कार्यकर्ता) तथा अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्दै ।’
    माधव नेपाल नेतृत्वको तत्कालिन सरकार विरुद्ध आन्दोलनमा उत्रिएको माओवादीको आमसभामा रेखा अध्यक्ष प्रचण्ड सँग नाचेकि थिइन् । त्यसबेलादेखि नै उनलाई माओवादी निकट भनिदै आएको थियो । यद्यपि उनले माओवादी निकटको आरोप भने खण्डन गर्दै आएकी थिइन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नायिका रेखा थापा एमाओवादीमा प्रवेश गर्दै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top