728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 10, 2013

    साँघुरो र ब्ल्याक नाइटको भीडन्त


    काठमाडौ, वैशाख २७ - सुकुम्बासी बस्तीको एउटा परिवारभित्रको कथावस्तुलाई समेटिएको फिल्म 'साँघुरो' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । प्रोमो र गीतदेखि नै युवापुस्ताबीच लोकपि्रय भइरहेको जोयश पाण्डे निर्देशित फिल्ममा सुशांक मैनाली र दिया मास्केको दाम्पत्यजीवनलाई देखाइएको छ । छाप्रोभित्र नवदम्पतीलाई गोपनीयताको कठिनाइलाई फिल्ममा उतारिएको छ । फिल्म विनोद मैनालीले लेखेका हुन् । 'साँघुरो' बाट निर्देशक पाण्डेसहित नायक मैनाली र संगीतकार मदन गोपालले डेब्यु गरेका हुन् । मदन गोपालले नै गाएको फिल्मको गीत 'आउँदै छु कि जाँदै छु म...' अहिले चर्चामा छ । सुशन प्रजापतीको सिनेम्याटोग्राफी रहेको फिल्ममा दयाहाङ राई र अरुणिमा कार्कीको पनि अहम् भूमिका छ । फिल्मको बिहीबार साँझ राजधानीको कुमारी हलमा पि्रमियरसमेत गरियो ।
    ब्ल्याक नाइट
    पछिल्लो समय यौनसम्बन्धी फिल्मको बाढी आइरहेका बेला 'ब्ल्याक नाइट' पनि शुक्रबारदेखि नै आउँदै छ । मधुसूदन भट्टराईको निर्देशन रहेको फिल्म शिवम् अधिकारीले लेखेका हुन् । निर्माता हिराजबाबु गोर्खालीले आफ्नो फिल्म रात्रिकालीन योद्धाबारे भएको बताए । अधिकांश नयाँ कलाकार रहेको फिल्ममा निशा रिसाल, विक्रम शाह, सुरज चिलुवाल, सुरेश चिलुवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायत छन् । चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा विकास चौधरी र राजीव शाहले संयुक्त रूपमा संगीत दिएका छन् । छायांकन प्रदीप श्रेष्ठको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: साँघुरो र ब्ल्याक नाइटको भीडन्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top