जेष्ठ ४ गते काभ्रे/ थोरै लगानीमा पनि गर्न सकेपछि यहाँका महिलाहरु चटपटे बेचेरै जीविकोपर्जान गर्न आकर्षित भएका छन ।
बिहान बेलुका छाक टार्न र आफनो छोराछोरीको भविष्य निर्माण महिलाहरु चटपटे बेचेरै जीविकोपार्जन गर्न बाध्य भएका हुन ।
जिल्लाको दुर्गम तथा विकट क्षेत्र डाँडापारी बन्खु गाविस–५ मगर गाउँकी २७ वर्षिया विष्णु माया पुलामीमगर बिहान १० बजे नै आफ्नो चटपटेको ठेलागाडा लिएर बनेपा नयाँ बस्ती नजिक विहार चोक पुग्छिन्, दैनिक गुजारा चलाउनको लागि बनेपा बजारमा चटपटे बिक्री गर्ने उनको देनिकी नै हो । त्यसैले उनी एक साना ब्यापारी हुन् ।
उनले विगत ६ महिनादेखि चटपटे बेचेर नै आप्mनो दैनिक गुजारा चलाइराखेका छिन् । चटपटे बिक्री गरेर नै आप्mना श्रीमान सहित तीन छोराको गुजारा चलाईरहेको बताउँछिन् । पुलामी मगरले चटपटे बेचेर दैनिक ५ सय देखि लिएर १ हजारसम्म कमाई गर्ने गरेको बताउँछिन् । उनले विगत केही वर्ष अघि पनौतीमा कुखुरा पालन व्यवसाय पनि गरेको र त्यसलाई निरन्तरता दिन नसकेपछि उक्त काममा लागेको उनको भनाई छ । पेशाबाट आफुले मनग्य आम्दानी गरेकाले उनले आफूले यसैलाई रोजीरोटीको रुपमा अघि बढाएको विष्णुमाया बताउँछिन् । उनले यस पेसाबाट छोरालाई समता ईङ्गलिस बोर्डिङ्ग स्कूल बनेपामा पढाउने गरेको बताउँछिन् । विष्णु माया मात्र हैन, काभ्रे महादेवस्थान –१ कुन्ताबेशीकी २४ वर्षिया सिर्जना गौतम पनि एक ढेड वर्ष अघिबाट बनेपा चाँदानी चोकमा चटपटे पसल राखेर जिवीकोपार्जन गर्दै आईरहेकी छिन् । चार वर्ष अघि पाँचखालमा सवारी दुर्घटनामा परी श्रीमान्को मृत्यु भएपछि झन् समस्या थपेकोले गुजारा चलाउनका लागि चटपट बेचेरै जीवन निर्वाह गर्दै आएको उनको भनाई छ । उनी भन्छिन् –‘अन्य व्यवसाय गर्नको लागि पूँजी छैन के गर्ने ? सानो पूँजी लगाएर पनि यो पेशा शुरु गर्न सकिने रहेछ त्यही भएर आफूले चटपटे पसल शुरु गरेकी हुँ ।’ ‘चटपट बेचेर दैनिक ५ सय देखि एक हजारसम्म कमाउने गरेकी छु’ गनैतमले भनिन् । उनले त्यसरी कमाएको पैसाले गुजारा चलाउने गरेको बताइन् । तर पनि छोरा र छोरी चटपटे बेचेको पैसाले पढाउन धौ–धौ हुँदो रहेछ उनले थपिन् ।
गौतमले उक्त पेशा रहरले थालनी गरेकी हैनन् । श्रीमानको मृत्यु पश्चात उनले छोरा÷छोरीको भविष्य निर्माण गर्नको लागि रहरले मात्र नभई बाध्यताले चटपटे बेच्ने पेशा गरेको उनले बताईन् ।
त्यस्तो ब्यवसाय बनेपा बजारमा मात्र हैन, जिल्लाका मूख्य बजार पनौती धुलिखेल जस्ता बजारमा पनि चटपटे व्यापारीहरुले प्रसस्तै मात्रामा कमाई गर्दै आईरको बताउँछिन् । यसमा पनि मुख्य गरेर महिलाहरु बढी संग्लग्न रहेको पाइन्छ । थोरै लगानीबाट धेरै लाभ उठाउन सकिने भएकाले अधिकाँश साना व्यापारीहरुले हिजोआज चटपटे व्यवसायलाई आफ्नो गुजारा चलाउने माध्यमको रुपमा लिएका छन् ।
काभ्रे मेच्छे पौवा–६ की देवी माया तामाङले पनि बनेपा चँदानी चोकमा केही महिनादेखि चटपटे बेच्न थालेको बताईन् । देवी माया भन्छिन् –पहिला भन्दा हिजो आज चटपटे खाने ग्राहकहरु घट्दै गएका छन्, ग्राहकहरु चटपटे खानको लागि आप्mनो पसलमा आउँथे तर हिजो आज गाउँघरमै चटपटे बिक्री गर्न थालेपछि ग्राहकको संख्या घट्दै गएको उनको ठम्याई रहेको छ ।
देवी मायाले यही पेशाबाट श्रीमान् सहित दुई छोरीको गुजारा चलाइरहेको थियो । तर श्रीमानको गत फागुन २८ गते हेलाम्बु यातायातले बनेपा तिनदोबाटोमा ठक्कर दिएर मृत्यु भएपछि परिवारमा ठु
0 comments:
Post a Comment