728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 23, 2013

    चुनावको मिति घोषणा नगरिए सरकारको विकल्प खोज्नुपर्छ’


    Narahari-Acharyaचितवन, ९ जेठ । नेपाली काग्रेसका नेता नरहरि आचार्यले एनेकपा माओवाद सत्ताकब्जाको रणनीतिका साथ अगाडि बढिरहेको आरोप लगाएका छन् । एमाओवादी जसरी भएपनि सत्ता कब्जा गर्ने राज्यको ढुकुटी रित्याउने अभियानमै लागेको भन्दै नेता आचार्यले माओवादीको आश्वासनमा नपर्न सर्वसाधारणलाई आग्रह गरे ।
    नेपाली काग्रेस क्षेत्र नं.२ ले आज पूर्वी चितवनको रत्ननगरमा आयोजना गरेको संगठन सुद्धढीकरणका लागि शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरुसगंको अन्र्तक्रियामा नेता आचार्यले माओवादी नसुध्रिएसम्म संविधान बन्न नसक्ने दावी गरे । यसअघिको निर्वाचनमा माओवादीलाई जनताले समर्थन गरेकै हो नि, तर किन संविधान बन्न सकेन, उनले प्रश्न गर्दै भने, ‘माओवादी संविधान बनाउन नै चाहन्न । त्यसैले अब फेरी पनि माओवादीले जिते देशले संविधान पाउदैन ।’
    नेता आचार्यले सरकारले चुनावको मिति घोषणा गर्नमा गरेको ढिलाईले आशंका उब्जाएको भन्दै तत्काल मिति घोषण नभए सरकारको विकल्प खोज्नुपर्ने बताए । कुनै एक दलको अडान मात्र नभई सबै दलको सहमतिमा निवार्चन सम्बन्धि ऐन ल्याउन सरकारलाई आग्रह गरे ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चुनावको मिति घोषणा नगरिए सरकारको विकल्प खोज्नुपर्छ’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top