728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 21, 2013

    कर छल्नमा एप्पल माहिर


    विश्वको सबैभन्दा लोकपि्रय ग्याजेट उत्पादक कम्पनी एप्पल कर छल्नमा पनि माहिर छ भन्ने कुरा सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अमेरिकी संसदको एक समितिले तयार पारेको प्रतिवेदन अनुसार एप्पल कम्पनीमा अमेरिकामा सबैभन्दा बढि कर छल्ने कम्पनीमध्ये एक हो ।
    apple
    सिनेटको एक समितिका अनुसार एप्पलले अरबौँ डलर आयकर छल्नका लागि निर्यातको विषयमा निकै जटिल वेब प्रणालीको प्रयोग गर्ने गरेको छ । जसका कारण एप्पलले गैरकानूनी रुपमा कर छलेको प्रमाण जुटाउन असम्भव हुने गरेको संसदीय समितिको भनाइ छ ।
    संसदीय समितिले यस विषयमा बुझ्नका लागि एप्पल कम्पनीका प्रमुख टिम कुकलाई बोलाएको छ । एप्पलले भने उक्त बनिबनाउ रिपोर्टका बारेमा टिप्पणी गर्दै आफुले कर छल्नका लागि कुनै हतकण्डा नअपनाएको जिकिर गरेको छ ।
    एप्पलले आफ्नो अरबौँ डलर नाफाको तुलनामा निकै कम मात्र आयकर बुझाउने गरेको बताइएको छ । एप्पल कम्पनीसँग अहिले नगद मौज्दात १४५ अर्ब डलर रहेको र त्यसमध्ये १०२ अर्ब अमेरिकाबाहिर रहेको संसदीय समितिको ठम्याइ छ ।
    एप्पपले आफुले विदेशमा पैसा लुकाएर कर छलेको कुरा अस्विकार गर्दै कम्पनीले आर्थिक वर्ष २०१२ मा ६ अर्ब डलर आयकर तिरेको दाबी गरेको छ ।

    onliankhabar
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कर छल्नमा एप्पल माहिर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top