समयमै डाक्टर नआँउदा बिरामीको ज्यान गयो धुलिखेल/सामान्यतया अस्पतालमा आम मानिस के–कारणले जाने गरेका हुन्छन् ? सामान्यभन्दा सामान्य व्यक्तिले पनि उपचार गराउनका लागि अस्पताल जाने कुरा बताँउछन् तर अब अस्पतालमा पुगेर पनि ढुक्क हुने बेला भने गएको छ । अस्पतालमा पुगेर वार्डमा भर्ना भएको बिरामीले समेत उपचार नपाएर मृत्यु भएपछि अस्पतालमा समेत शंका र उपशंका गर्न थालिएको छ । शनिवार अस्पतालको शैप्यामा उपचारकै लागि छटपटिएर एक महिलाको मृत्यु भएपछि काभ्रे सदरमुकाममा अवस्थित धुलिखेल सामुदायिक अस्पताल तनावग्रस्त बन्यो । उपचारका लागि ल्याएको आफन्तको मृत्युको खबरले विक्षिप्त बनेर अस्पतालको ढोकासम्म पुगेका आफन्तलाई लखेट्न दर्जनौको संख्यामा प्रहरी परिचालन समेत ग¥र्याे । तर आफन्त संयमितहुँदै मृत्युको कारण मात्रै खोजी रहे । धुलिखेल सामुदायिक अस्पतालमा शनिवार घटेको घटना पहिलो र नौलो भने पक्कै हैन, मृत्युका घटनालाई रकममा साट्ने काम गरिरहने धुलिखेल अस्पतालले शनिवारको घटना भने परिवारले रकममा साट्न मानेनन् र घटना सार्वजनिक भयो । यस अघि पटक–पटक धुलिखेल अस्पतालले बिरामी मार्ने र रकममा वार्गेनिङ्ग गर्ने गरेको समाचार प्रकाशनमा आउने गरेका थिए । अस्पतालको वार्डमा राखेको बिरामी अवस्था झनझन नाजुक भएको जानकारी दिएको २ घण्टासम्म पनि डाक्टर नआएपछि धुलिखेल सामुदायिक अस्पतालमा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । शुक्रवार राती ११ बजे पिसाब बन्द भएर धुलिखेल सामुदायिक अस्पतालको मेडिकल वार्डमा राखिएको बिरामीको डाक्टर समयमा नआँउदा मृत्यु भएको आफन्तको आरोप लगाएका छन् । पिसाव बन्द भएको भनेतापनि बिहानसम्म सो समस्या ताम्राकारवाट मुक्त पाएपनि एक्कासी उनको स्वाथ्य अवस्थामा सुधार आएको थियो । पनौतीकी ४२ बर्षिया मिश्री ताम्राकारको अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेपछि अस्पताल तनावग्रस्त बनेको हो । ‘ हामीले २ घन्टासम्म निरन्तर आमालाई श्वासप्रश्वासमा गाह्रो भयो भनेका थियौ तर २ घन्टामा पनि डाक्टर नआएर आमाको मृत्यु भयो ’ भावविहोर बन्दै मृतककी छोरी सृजना ताम्राकारले बताईन्, म आफैपनि धेरै पटक हारगुहारका लागि गए उनले थपिन् । ‘ हामीले पटक पटक नर्सिङ्ग सेन्टरमा पुगेर आमाको समस्या बढेको बताँउदा फोन नलागेको भन्दै डाक्टर आएन, मेरो आमाको मृत्यु नभएको नभई अस्पतालले मारेको हो,ताम्राकारले थपिन्, ‘हामीले आमाको डेथको कुराको कारण मागेपछि ५ मिनेटमै पुलिस आईपुग्यो अब उपचार गर्न अस्पताल भन्दा प्रहरी कार्यालयमा जानु पर्याे । शुक्रवारसाँझ अस्पतालमा विरामी ल्याँउदा १ सय मिलिलिटरको सलाईन चलाउनु पर्नेमा वार्डमा ल्याएपछि ५ मिलिलिटरको चलाएपनि आमामा समस्या आएको काम गर्ने छोरी सृजनाले बताईन् । शुक्रवार राती पिसाव श्रीमतीले गाह्रो भयो भनेपछि १ हजार पटक गएर नर्सलाई भने तर डाक्टर आउलान भन्दा भन्दै श्रीमतीको प्राण गयो अस्पतालले हामीलाई जस्तो अरुलाई नपरोस मृतकका श्रीमान् राधाकृष्ण ताम्राकारले भने । मेडिकल वार्डको ४ नंम्बरमा भर्ना गरिएकी मृतक ताम्राकारलाई गाह्रो भएको भन्दा पनि डाक्टर नआएको मेलम्चीका बिरामी कुरुवा बाबुराम चुवानले बताए । अस्पतालमा बिरामीको मृत्यु भएपछि अस्पतालले भने पनौतीकै अस्पतालका डा.सुमनराज ताम्राकारलाई प्रयोग गरेपनि मृतकका आफन्तले भने वार्गेनिङ चाहेनन् र राती अबेरसम्म मृतक परिवारले डाक्टर नआउनुको कारण सोधे । अस्पतालका मेडिकल वार्डका प्रमुख डा.राम गुरुङले २ः ३० मा डाक्टरले हेरेको बताए । तर आफन्तका अनुसार डाक्टर आँउदा समेत ताम्राकारको मृत्यु भैसकेको थियो । यस अघि फरक घटनमा धुलिखेल अस्पतालमा बिरामी मृत्युकै बिषयमा समाचार संकलनमा गएका पत्रकारलाई भौतिक आक्रमण गरिनुको साथै संचारसामाग्री समेत तोडफोड भएको थियो ।
0 comments:
Post a Comment