728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 19, 2013

    नेपालगन्ज र वीरगन्जको जित

    काठमाडौं, जेष्ठ ६ - नेपालगन्ज र वीरगन्जले वाईवाई वुमेन्स यू-१९ राष्ट्रिय क्रिकेटमा आइतबार विजय सुरुआत गरेका छन् । समूह 'ए' मा दुवैको समान २-२ अंक भएको छ ।
    त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा क्षेत्र नम्बर-५, नेपालगन्जले क्षेत्र नम्बर-७, जनकपुरमाथि ४५ रनको जित हासिल गर्‍यो ।
    cricket
    पहिले ब्याटिङ गरेको नेपालगन्ज निर्धारित २५ ओभर पूरै टिक्न सकेन । उसले २४ ओभर ४ बलमा अलआउट हँुदै ९९ रन बनायो । उसका प्रारम्भिक ब्याट्सवुमेनले राम्रो गर्न नसके पनि मध्यक्रमकी रेखा बीसीले अमृता चौधरीको बलमा बोल्ड हुनुअघि ४१ रन जोडेकी थिइन् । उनले ६४ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
    नेपालगन्जले १४ रन जोड्दा ६ विकेट गुमाएको थियो । तर रेखाले सावित्री क्षेत्रीसँग मिलेर इनिङ अघि बढाएकी थिइन् । रेखा आउट हुँदा टिम ९०-७ मा रहेको थियो । सावित्रीले ४८ बलमा २७ रन बनाइन् भने टिमले २३ अतिरिक्त रन पायो । जनकपुरका लागि रोजी कडारीले तीन तथा ममता चौधरी र अमृताले दुई/दुई विकेट लिए ।
    जवाफमा जनकपुर १५ ओभर १ बलमा ५४ रन जोड्दा अलआउट
    भयो । नेपालगन्जकी सामना पुनले सर्वाधिक ४ विकेट लिइन् भने डिम्पल खड्का र अनु केसीले दुई/दुई विकेट झारे । सरस्वती चौधरीले नटआउट १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडी दोहोरो अंकमा पुगेनन् । टिमले २५ रन अतिरिक्त पाएको थियो ।
    सीता श्रेष्ठको अलराउन्ड प्रदर्शन मदतले अर्को खेलमा क्षेत्र नम्बर-२, वीरगन्जले क्षेत्र नम्बर-३, काठमाडौंमाथि ४ विकेटको जित हासिल गर्‍यो । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौं पूरा ओभर खेल्दै ९८ रन बनाएको थियो । उसका लागि रविना भण्डारीले १२ र कञ्चन श्रेष्ठले १३ रन जोडे भने टिमले ३५ अतिरिक्त रन पाएको थियो । अन्य कुनै खेलाडीले दोहोरो अंक जोडेनन् ।
    वीरगन्जका लागि पूजा घिमिरे र सीता श्रेष्ठले तीन/तीन तथा पुष्पा अर्याल र निर्मला पकुवालले दुई/दुई विकेट लिए ।
    प्रत्युत्तरमा वीरगन्जले २१ ओभर २ बलमा ६ विकेट गुमाउँदै जित हासिल गर्‍यो । बलिङमा चम्किएकी सीताले ब्याटिङमा पनि नटआउट ४५ रन बनाएपछि वीरगन्जको जित सहज भएको थियो । उनले ४१ बलमा सात चौका प्रहार गरिन् । त्यस्तै, निशा गिरीले १२ रन बनाइन् भने अतिरिक्त २४ रन पनि काठमाडौंका बलरले दिए । काठमाडौंका शान्ति खतिवडा र सजनी श्रेष्ठले समान २-२ विकेट लिए । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालगन्ज र वीरगन्जको जित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top