728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, May 11, 2013

    वैद्यहरु दूतका पछि–पछि

    काठमाडौं, वैशाख २८ । ‘बाँचे देख्न पाइन्छ ।’ यो बेला–बेलामा चर्चामा आइरहने उखान हो । यस्तै उखानसँग मेलखाने गरी पश्चिमाका नेपाली दूत र नेकपा–माओवादी बीच साँठगाँठ भएको साचार छ । केही दिन अगाडि पाठनढोकस्थित एक क्याफेमा नेकपा–माओवादीका केही नेता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापासँग कनकमणि दीक्षित लगायतका पश्चिमाका नेपाली दूतहरुबीचको गोप्य वैठक बसेको रहेछ । वैठकमा आपसी सहयोगका बारेमा छलफल चलेको स्रोतले बतायो ।
    विदेशी शैलीमा कफी पिउँदै भएको संवादमा पश्चिमाका नेपाली दूतहरुले वैद्य माओवादीका नेता र मणिहरुलाई उक्काउने प्रयत्न गरे । उनीहरुले एकीकृत माओवादीको भण्डाफोर र विरोधका लागि आफूहरुले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बचन दिए । ‘तपाईंहरुले नयाँ पार्टी बनाउनुभएको छ । राष्ट्रियतको कुरा निकै राम्रो कुरा हो । तपाईंहरुलाई हाम्रो तर्फबाट सहयोग रहनेछ,’ कनकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु पैसाको चिन्ता गर्दै नगर्नुस्, पैसा हामी जुटाई दिन्छौँ ।’
    त्यति मात्र होइन, पश्चिमाका दूतहरुले वैद्यका नेता र मणिहरुलाई चुनावमा भाग लिन विशेष आग्रह गरे । यसका पछाडि पनि उनीहरुको खास स्वार्थ थियो । पश्चिममा नेपाली दूत तथा ठेकेदारहरु वैद्य माओवादी चुनाव लडे मात्र एकीकृत माओवादीलाई कमजोर पार्न सकिन्छ भन्ने विश्लेषणमा छन् । पश्चिमी मुलुकबाट डलर भित्राइदिन्छौँ र चुनावमा लविङ गर्दिन्छौँ भन्दै पश्चिमाका नेपाली दूतहरुले वैद्य माओवादीका नेताहरुलाई आग्रह गरेका थिए । केही समय अगाडि पत्रकार युवराज घिमिरेले वैद्य माओवादीको सडक सभामा अथिति भएर भाषण नै ठोकेका थिए ।
    त्यसैबीच वैद्य नेतृत्वका ३३ दलले थप संघर्षका कार्यक्रम अगाडि सारेका छन् । जसअनुसार २६ गते ३ बजे लैनचौर खानी विभागबाट जुलुश र ४ बजेसम्म राष्ट्रपति कार्यालय घेराउ, २७ गते रत्नपार्कबाट पुत्ला जुलुश सहित पुत्ला दहन, २८ गते ६ बजे सुन्धाराबाट मसाल जुलुश, २९ गते पनि विभिन्न चोकबाट मसाल जुलुश, १३ विद्यार्थी सङ्गठनद्वारा आयोजना गरिएको नेपाल बन्दलाई समर्थन, ३० गते नेपाल बन्द छन् । त्यसबाहेक उनीहरुले निर्वाचन आयोगको नामावली संकलन कार्यक्रमलाई देशव्यापी जनपरिचालन सहित रोक्ने पनि निर्णय गरेका छन् । आफूले अगाडि सारेका आदोलनले सरकार टसको मस नभएपछि वैद्य माओवादीका नेता÷कार्यकर्ताहरु पनि अलमलमा परेका छन् । विद्रोह गर्ने भनेर नयाँ पार्टी बनाएको भए पनि सामान्य आन्दोलन समेत अलपत्र परेपछि वैद्य माओवादीभित्र चर्को अन्तरविरोध समेत पैदा भएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वैद्यहरु दूतका पछि–पछि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top