728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 12, 2013

    रोल्पा कारागारबाट गए राति सुरुङ खनेर ८ जना कैद र थुनुवा फरा

    रोल्पा, बैशाख २९/रोल्पा कारागारबाट गए राति सुरुङ खनेर ८ जना कैद र थुनुवा फरार भएका छन् । उनीहरु राति १२ः२५ मा कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कारागारबाट भाग्नेहरुमा ३ कैदी र ५ थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिनुभएको छ । कारागारबाट भाग्नेहरुमा अर्जुन सेन, ध्रुव डाँगी, चंखे विक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दीपक पुन रहेका छन् । उनीहरुमध्ये कैदीहरुले विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका थिए भने थुनुवाहरुलाई पुर्पक्षका लागि राखिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उनीहरु भागेको जानकारी पाएपछि सुरक्षा सतर्कता बढाइएको र फरार कैदीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कैदीको भागेको ठाउँमा विद्यालय रहेकाले गोली चलाउन नसकिएको प्रहरीले जनाएको छ । कैदीको सुरक्षार्थ १९ जना प्रहरी रहँदै आएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रोल्पा कारागारबाट गए राति सुरुङ खनेर ८ जना कैद र थुनुवा फरा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top