728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 23, 2013

    बस दुर्घटना ५ को मृत्यु, १० घाइते दुर्घटनामा पर्नेमा धेरै शिक्षा आयोगका परीक्षार्थीहरु


    धनगढी, ९ जेठ । महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको पवनदुत यातायातको यात्रुबाहक बस दार्चुलाको गोकुलेश्वर गाविस वडा नम्बर ६ ठूलीसैनमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
    ना ४ ख ८२८५ नम्बरको बस आज विहान ६ बजे सडकबाट ३० मिटर तल खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
    दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन नसकेको दार्चुला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुबेर कडायतले बताए । उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरीको टोलीले घटनास्थलमा पुगेर उद्धार गरिरहेको जानकारी दिए । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भइरहेको छ । घाइते हुनेमा दार्चुला ग्वानी गाविस ६० वर्षीय शेरसिह साउद र दलपति डागा, धाप गाविस ४ की २२ वर्षीया हेमा पन्त र सोही ठाउँ ९ की २३ वर्षीया राजमति जोशी, सर्मोली गाविसका कुन्धन बोहरा, देथल्ला ८ की जयन्ती चन्द तथा भगवती ५ का देवसिंह धामी रहेका छन् ।
    यस्तै बाँके जिल्ला उदारा २ का यमबहादुर श्रेष्ठ, हुम्ला जिल्ला संघारका दीजफन्जेक लामा र कञ्चनपुर जिल्ला पिपलाडी २ का लोकेन्द्र बम पनि घाईते भएका छन् ।
    यात्रुहरु बसभित्रै रहेकोले मृत्तक तथा घाइतेहरुको संख्या बढ्न सक्ने प्रहरी प्रमुख कडायतले बताए । उनकाअनुसार बसमा क्षमता भन्दाबढी यात्रु रहेको र अधिकांश यात्रु शिक्षक सेवा आयोगको परीक्षा दिन दार्चुला आइरहेका थिए ।
    घटनाको थप विवरण आउन अझै केहि समय लाग्ने प्रहरीले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बस दुर्घटना ५ को मृत्यु, १० घाइते दुर्घटनामा पर्नेमा धेरै शिक्षा आयोगका परीक्षार्थीहरु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top