728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 19, 2013

    शिक्षकको परीक्षाले बागलुङका विद्यालय बन्द


    ६ जेठ, बागलुङ । शिक्षक आयोगको परीक्षा दिन अधिकांश शिक्षक तयारीका लागि सदरमुकाम आएपछि जिल्लाका सामुदायिक विद्यालय आइतबारदेखि ६ दिनका लागि बन्द भएका छन् ।
    धेरैजसो शिक्षक परीक्षामा सहभागी हुने देखिएपछि जिल्ला शिक्षा कार्यालयले विद्यालय बन्द गर्न अनुमति दिएको हो ।
    जिल्ला शिक्षा समितिको बैठकबाटै परीक्षा अवधिभरका लागि विद्यालय बन्द गर्ने निर्णय भएको सो कार्यालयले जनाएको छ ।
    कार्यालयले जारी गरेको शैक्षिक पात्रोमा परीक्षा हुने तीनदिनको अवधिमा स्थानीय बिदाको व्यवस्था भए पनि विद्यालय र शिक्षकको माग आएपछि थप बिदा दिने निर्णय गरेको कार्यालयका उपसचिव नवराज चापागाईंले बताउनुभयो । जिल्लाभरका सामुदायिक विद्यालय आगामी १० गतेसम्म बन्द हुनेछन् ।
    शिक्षक सेवा आयोगले प्राविदेखि माविसम्मको परीक्षा आगामी ९ देखि ११ गतेसम्म सञ्चालन गर्न लागेको हो । यसअघि पनि कतिपय विद्यालयले परीक्षाको तयारीको लागि भन्दै विद्यालय बन्दका खबर सार्वजनिक भएका थिए ।
    बिना अनुमति र जानकारी बिना लामो समय विद्यालय बन्द गर्ने त्यस्ता विद्यालयको पहिचान गरी आवश्यक कारबाही गरिने चापागाईंले बताउनुभयो ।
    आयोगको परीक्षा सञ्चालनका लागि जिल्लामा मावि तहका लागि पाँच, निमावितर्फ १६ र प्राविको लागि १८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा कार्यालयले जनाएको छ ।
    नुवाकोटमा पनि एकसाता बन्द
    शिक्षकहरू स्थायी जागिरको लागि परीक्षाको तयारीमा जुटेपछि नुवाकोटका सामुदायिक विद्यालयहरू आइतवारबाट एकसाताको लागि बन्द गरिएको छ ।
    मुलुकभर रिक्त रहेका शिक्षकहरूको स्थायी नियुक्तीका लागि शिक्षक सेवा आयोगले यही जेठ ९, १० र ११ गते सञ्चालन गर्ने गरेर परीक्षा तालिका सार्वजनिक गरेपछि शिक्षकहरू विद्यालय जान छाडेर आफ्नै परीक्षाको तयारीमा लागेपछि विद्यालय एक साताको लागि विदा गरिएको छ । पेशागत शिक्षकहको छाता संगठन शिक्षक युनियनले आजबाट एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघलगायतका शिक्षकहरूको ट्रेड युनियन छाता संगठन शिक्षक युनियनले आइतबारबाट  १० गते शुक्रबारसम्म बिदाको घोषणा गरेको छ ।
    चालु शैक्षिक सत्रको सुरुवाती भर्खर मात्र सुरु भएपनि शिक्षकहरू बिदामाग्दै विद्यालय आउन छाडेपछि अहिले दिएको विदा बर्खे बिदामा मिलान गर्ने गरेर शिक्षा कार्यालयको समन्वयनमा विदा दिइएको नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष चिरञ्जिीवी भट्टले जानकारी दिनुभएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षकको परीक्षाले बागलुङका विद्यालय बन्द Rating: 5 Reviewed By: Unknown
    Scroll to Top