728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, May 15, 2013

    सिन्दुरपोते लगाएर बिनिता बाहिरी केटासँग सल्किएपछि (फोटो फिचरसहित)

    केही समय अघि नायिका बिनिता बरालको ‘सुपरहिट’ चलचित्रका निर्देशकसँगै सुटुक्क बिहे भएको खबरले सिने नगरी तात्यो । बिनितालाई उक्त हल्ला झुटो भएको स्पष्टिकरण दिदैमा हैरानी भएको थियो ।नायिका बराल फेरी यस्तै हल्लाले चर्चामा आएकी छिन् । ‘सुपरहिट’ भन्दा अन्य सिनेमा हातमा नभएपनि बिनिताले ‘चपली हाइट’बाट कमाएको क्रेज गुमाएकी छैनन् । यसैले पनि होला दर्शकलाई उनका साना साना बिषयमा पनि धेरै चासो हुने गरेको छ । हालै मात्र एक म्यूजिक भिडियोका लागि सिन्दुरपोतेमा फोटोसुट गरेपछि विनिता चर्चामा छिन् । म्यूजिक भिडियोका मोडल आशुतोष आचार्यसँग दुलहीको पहिरनमा फोटोसुट गरेपछि बिनिता चर्चामा आएकी हुन् ।
    फेसबुकमा बिनिता र आशुतोषको फोटो राख्दै धेरै फ्यानहरुले बधाई दिइरहेका छन् । कतिपयले बिनिताको बिहेले अचम्ममा पारेको लेखेका छन् । तर बिनिताले यो तस्बिर म्यूजिक भिडियोको लागि मात्र खिचेको बताएकी छिन् ।यो भिडियोका वास्तविक मोडल भने ‘चपली हाइट’ नायक आमिर गौतम हुन् । घरमा श्रीमान् हुँदा हुँदै पनि बाहिरी केटासँग सल्कने युवतीको बिषयमा भिडियो तयार भएको बिनिताले अनलाइनखबरलाई जानकारी गराइन् । ‘एकान्त रातमा भावना साट’ बोलको गीतको छायांकन मंगलबार गरिएको हो । भिडियोमा बिनिता र आमिरलाई रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिन्दुरपोते लगाएर बिनिता बाहिरी केटासँग सल्किएपछि (फोटो फिचरसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top