728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 21, 2013

    वैदेशिक रोजगारीमा ‘टुरिष्ट’का दिन सकिए विमानस्थलले फर्काउन थाल्यो नक्कली 'टुरिष्ट'


    ७ जेठ, काठमाडौं । के तपाई टुरिष्ट भिसा लिएर रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? अब होस गर्नुहोला । तपाई नक्कली टुरिष्ट हो भन्ने थाहा पाउनासाथ विदेश पुग्न नपाउँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै प्रहरीले घर फर्काइदिनेछ ।
    नक्कली टुरिष्ट बनेर वैदेशिक रोजगारीमा जाने र विदेशमा अवैधानिक नेपाली कामदारको समस्या बढ्न थालेपछि नेपाल सरकारले यसमा कडाइ गरेको हो । सरकारले टुरिष्ट भिसामा विदेश जान रोक लगाएपछि केही मेनवापावरको धन्दामा नकारात्मक प्रभाव परेको छ । टुरिष्ट भिसामा विदेश गएर नर्फकने अनि विदेशमा अवैध कामदारको बस्न थालेपछि सरकारले कडाइ गरेको हो ।
    परराष्ट्र मन्त्रालयसमेतको उच्चस्तरीय निर्णयका आधारमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा टुरिष्ट भिसामा विदेश जान खोज्नेहरुमाथि निगरानी बढाइएको छ । उच्चस्रोतका अनुसार टुरिष्ट भिषामा विदेशी जाने खोज्नेहरुलाई जान लागेको मुलुकमा रहेको नेपाली दूताबासबाट स्पोन्सर लेटरसमेत ल्याउन भनिनेछ ।
    ‘टुरिष्ट भिसामा जाने र उतै हराउने गरेपछि निगरानी गर्न लागिएको हो’ परराष्ट्रका प्रवक्ता अर्जुनबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो-’पछिल्लो दिनमा मेनपावर कम्पनीले कामदारहरुलाई टुरिष्ट भिसामा लैजाने र बिचल्ली पार्ने क्रम बढेको छ ।’ उहाँका अनुसार साँच्चै घुम्नकै लागि वा आफन्तले बोलाएर टुरिष्ट भिसामा जान खोज्नेहरुलाई भने आवश्यक प्रमाण जुटाएपछि विदेश जान दिइने गरिएको छ ।
    त्रिभुवन विमानस्थलका डीआईजी विज्ञानराज शर्माले पनि टुरिष्ट भिसामा झुक्याएर वैदेशिक रोजगाीमा जानेमाथि निगरानी बढाइएको बताउनुभयो । ‘नेपालीले विदेशमा गएर अवैधानिकरुपमा काम गर्दा दुख्न नपाउन् भन्ने उद्देश्यले कडाइ गरिएको शर्माको कथन छ । परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र अर्थमन्त्रालयसमेतको उच्चस्तरीय निर्णयका आधारमा यस्तो कडाइ गरिएको उहाँले जानकारी दिनुभयो । पूर्व परराष्ट्रमन्त्री नारयणकाजी श्रेष्ठकै पालादेखि यस्तो निर्णय भएको शर्माको भनाइ छ । तर, असली टुरिष्टहरुलाई भने नरोकिएको उहाँले बताउनुभयो ।
    टुरिष्ट भिसामा कामदार विदेश पठाउने क्रम रोकिएपछि दिनहुँजसो विमानस्थलबाटै कामदारहरु फर्काइने क्रम बढेको छ । पछिल्लो समयमा मलेसिया जान भन्दै टुरिष्ट भिसा लिएर विमानस्थल पुगेका नेपाली कामदारलाई विमानस्थलले फिर्ता पठाइदिएको छ ।
    onlinkhabar

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वैदेशिक रोजगारीमा ‘टुरिष्ट’का दिन सकिए विमानस्थलले फर्काउन थाल्यो नक्कली 'टुरिष्ट' Rating: 5 Reviewed By: Unknown
    Scroll to Top