728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 16, 2013

    मरेको मान्छेले चिहानमा खुट्टा हल्लाएपछि…


    casketअन्तिम संस्कारका लागि गएका मलामीहरु निकै डराए र ज्यान जोगाउन भागाभाग गरे । उनीहरुलाई लाग्यो भुतले अब सबैलाई खाँदैछ । तर मरेको भनिएको आफन्त ज्यूँदै रहेछ भन्ने कुराको भेउ उनीहरुले पाउन सकेनन् सुरुमा ।
    जिम्बाबेमा भएको छ यस्तै । ३४ वर्षका बि्रक्टन डामा जान्थे नामका युवकको लामो विमारपछि हालै घरमै मृत्यु भयो । उनी मृत्युपछि केहीबेर घरमा रुवाबासी भयो, आफन्तहरु पनि रोए । एकछिनपछि जान्थेको शवलाई गाड्नका लागि मलामीहरुले लगे । उनलाई कोफिनमा राखेर जब चिहानकोे खाल्डोमा विसर्जन गर्ने तयारी भैरहेको थियो, अन्तिम श्रद्धान्जली दिने बेलामा एक जना मानिसले शवले खुट्टा चलाइरहेको देखे । लट गाका झसँग भए ।
    कतै आफ्ना आँखा भ्रमित भए की भन्ने उनलाई लाग्यो । फेरी शवलाई हेरे । शवले खुट्टा चलाइरहेको थियो । उनले अरु मलामीलाई पनि यो कुरा भने । सबैले शवले खुट्टा चलाइरहेको देखेपछि त्यहाँ स्थिति निकै असामान्य बन्यो । सबै डराए ।
    जान्थे मरेपछि भुत बनेर ब्युँझिएको र अब सबै मलामीलाई खान्छ भन्ने डरले मलामीहरु भागाभाग गर्न थाले । तर एक जना अलिक निडर तथा साहसी व्यक्तिले अक्कल लगाइहाले ।
    कतै जान्थे जिउँदै पो छन् की भन्ने उनलाई लाग्यो र सबै मलामीलाई नडराउन आग्रह गर्दै जान्थेको शव बोकेर अस्पतालमा लगियो । अस्पतालमा गएर चेकजाँच गर्दा जान्थे जिउँदै रहेको थाहा भयो । उनलाई दुइदिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरियो र अहिलेपनि उनको उपचार भैरहेको बताइएको छ

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मरेको मान्छेले चिहानमा खुट्टा हल्लाएपछि… Rating: 5 Reviewed By: Unknown
    Scroll to Top