728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 14, 2013

    क्यान्सरको जोखिम भएपछि स्तन फालेँ :एन्जेलिना जोली

    न्यूयोर्क, वैशाख ३१ -  आफ्नो व्यक्तिगत बिषयमा निकै कम बोल्ने ओस्कार जितेकी हलिउड नायिका एन्जेलिना जोडीले भर्खरै जीवनको महत्वपूर्ण रहस्य सार्वजनिक गरेकी छन् । न्यूयोर्क टाईम्समा उनले लेखेको भावपूर्ण लेखमा क्यान्सरको सम्भावना बढेपछि आफूले दुवै स्तन हटाउनुपरेको उल्लेख गरिएको छ ।
    यो बर्षको सुरुवातमा आफ्नो रगत परीक्षण गर्दा क्यान्सरको लक्षण भेटिएपछि स्तन काटेर फाल्ने निर्णय गर्नुपरेको लेखमा उल्लेख छ । उनमा स्तन क्यान्सरको ८७ प्रतिशत सम्भावना र पाठेघर क्यान्सरको ५० प्रतिशत सम्भावना भएको चिकित्सकले बताएका थिए ।
    jollyलेखमा जोलीले जोखिम कम गर्नको लागि आफूले स्तन हटाउने निर्णय गरेको उल्लेख गरेकी छन् । आफ्नो अनुभवबाट अरु महिलाले पनि यस्तो निर्णय लिन नहिच्किचाउन भन्ने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेकी छन् । उनको आमाको पनि क्यान्सरकै कारण ५६ बर्षको उमेरमा मृत्यु भएको थियो ।
    माई मेडिकल च्वाईस शिर्षकमा ३७ बर्षीय जोलीले केही हप्ताअघि मात्रै आफूले चिकित्सकको सल्लाहअनुसार शल्यक्र्रिया गरेर स्तन हटाएको बताएकी छन् । उनले पिंक लोटस ब्रेस्ट सेन्टरमा शल्यक्र्रिया गरेकी थिइन् । आफ्नो पति ब्राड पिटले आफूलाई दिएको साथको उनले लेखमा सह्राहना गरेकी छन् ।
    लेखमा उनले महिलाहरुलाई रोग लागेको भए नहिच्किचाई सुरक्षाको उपाय अपनाउन सुझाएकी छन् । उनका ६ सन्तान छन् तीमध्ये तीनजना धर्म सन्तान हुन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: क्यान्सरको जोखिम भएपछि स्तन फालेँ :एन्जेलिना जोली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top