728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, May 15, 2013

    सार्वजनिक सवारीमा व्यापारिक समान ओसार्न रोक

    rok
    १ जेठ, कैलाली । सुदुरपश्चिममा सार्बजनिक सवारी साधनमा ब्यापारिक प्रयोजनका सामान बोक्न बुधवारवाट रोक लगाईएको छ । सार्बजनिक बसहरुमा व्यापारिक प्रायोजनका सामान नबोक्न सम्बन्धित यातायात व्यवसायी, सवारी धनी, चालक, परिचालकहरुलाई जानकारी समेत दिइएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
    बसहरुमा ब्यापारिक प्रायोजनका मालसमानले गर्दा ओभरलोड भएपछि दुर्घटना बढेको भन्दै मालसमान ओसारपोसार गर्न रोक लगाइने क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । आफ्नो बिशेष अभियान अनुसार दोस्रो चरणमा ट्राफिक प्रहरीले बुधवारदेखि बसहरुमा ब्यापारिक प्रायोजनका मालसमान ढुवानीमा रोक लगाएको हो । यस्तै कालो शिशा तथा कालो स्टिकर टासिएका सवारीसाधनहरुलाई पनि कारबाहि गरिने क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिशेष अभियान अन्तर्गत नै सार्वजनीक बिदाका दिन बिना पास लिई संचालन गरेका सरकारी सवारी साधनहरुलाई समेत कारवाही गरिने कार्यालयले जनाएको छ ।
    यसअघि क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले सुदुरपश्चिमको पहाडि राजमार्गमा सवारी दुर्घटना बढ्दै गएपछि पहिलो पटक बैशाख १ गतेदेखि भिमदत्त पन्त राजमार्ग अन्तर्गत अत्तरिया डडेल्धुरा सडक खण्डमा टाईम कार्ड प्रबिधि लागु गरेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सार्वजनिक सवारीमा व्यापारिक समान ओसार्न रोक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top