४ जेठ, रौतहट । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर जागिरको खोजीमा भौंतारिउका छन् थुप्रै युवा । ‘रोजगारीका लागि विदेशिन बाध्य छन् देशका युवाशक्ति । तर, पाएको जागिरप्रति कर्तव्यनिष्ठ नबनेका रौतहटका दुई दर्जन हाराहारीका शिक्षक भने घरमै बसेर तलब खान्छन् । यस सम्बन्धमा जानकारी भएर पनि जिल्ला शिक्षा कार्यालयले कुनै कानुनी कारबाही गर्न सकेको छैन् ।
गोरखापत्र दैनिकमा छापिएको समाचार अनुसार राजनीतिक दलका भ्रातृ संगठनमा सक्रिय रहेका केही शिक्षक, योग्यता र वरिष्ठतालाई आधार नमानी जथाभावी रुपमा सरुवा गरिएका केही शिक्षक एवं जिल्ला शिक्षा कार्यालयमा काजमा तानिएका केही शिक्षकले कामै नगरी तलब खाने गरेको पाइएको हो ।
शिक्षक युनियनले काजमा तानेको भनिएका टेङग्राहा गाउँ विकास समिति ९ स्थित निम्न माध्यमिक विदालय मेवाका प्राथमिक तहका शिक्षक प्रमोदकुमार साह ०६८ मंसिर २६ गतेदेखि बिनासूचना बिनाविदा स्वीकृत विद्यालयमा अनुपस्थित हुनुहुन्छ ।
यसरी विभिन्न विद्यालयका शिक्षकहरु राजनीतिक दलको आडमा विद्यालयमा कामै नगरी नियमित रुपमा आफ्नो तलब भने बुझिरहेको पाइएको छ ।
0 comments:
Post a Comment