728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, May 19, 2013

    ओलीले भने – ‘झा र अर्याल बढारिनुपर्ने फोहोर’ एमालेमा डन हैन युवा खेलाडी छन्

    KP-Oli
    ६ जेठ, पाँचथर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टी छोडेका रामचन्द्र झा र उर्मिला अर्याललाई पार्टी भित्रको फोहोरको संज्ञा दिनुभएको छ । पाँचथरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले भन्नुभयो-’ झा र अर्याल पाटीवाट जाँदैमा कुनै असर पर्दैन, उनीहरु वढारनुपर्ने कसिर थिए, हावाले नै वढारेर लग्यो ।’
    एमाले भित्र कोही डन नभएको भन्दै ओलीले युवा खेलाडीको समूहलाई डन भनेर चिनाइएको भन्नुभयो । नेताओलीले भन्नुभयो -’एमालेमा बाहिर चर्चामा आएका जस्ता डनहरु छ्रैनन, जसको नाम लिइएको छ उनीहरु खेलाडी हुन्, ‘ ओलीले के युवाहरुले खेल्न पाइदैन ? भनेर प्रश्न गर्नुभयो ।
    दलहरु निर्वाचन गराउन लागि परेको ओलीको भनाई छ । सरकार र निर्वाचन आयोग पनि निर्वाचनको मिति घोषणा गर्न आवश्यक तयारी गरिरहेको भन्दै ओलीले आगमी कार्तिक मसान्त भित्रमा चुनाव हुने बताउनुभयो ।
    नेता ओली तेह्रथुमको सक्रान्तिमा आज हुने सभालाई सम्बोधन गर्न जानेक्रममा
    पाँचथर पुग्नुभएको हो ।

     short >onlinkhabar

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओलीले भने – ‘झा र अर्याल बढारिनुपर्ने फोहोर’ एमालेमा डन हैन युवा खेलाडी छन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top