728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 14, 2013

    अंक नदिई मूल्यांकन

    मन्थली, वैशाख ३१ - प्रअ, श्रोतव्यक्ति र जिल्ला शिक्षा अधिकारीको गम्भीर गल्तीले रामेछापको गौरीशंकर उच्च माविका नौ जना शिक्षकको वढुवा रोकिएको छ ।
    शिक्षकहरुको वाषिर्करुपमा भर्नु पर्ने कार्यसम्पन्न मूल्यांकन फाराममा प्रअ, श्रोतव्यक्ति र जिल्ला शिक्षा अधिकारीले चढाउनुपर्ने नम्बर नचढाई खाली फाराम मात्र सम्वन्धित निकायमा पठाइएकाले उनीहरुको बढुवा रोकिएको हो ।
    मूल्यांकनकर्ता प्रअ निरवहादुर कार्की, सुपरीवेक्षक श्रोतव्यक्ति चन्द्रा खड्का र पुनावलोकनकर्ता तत्कालिन जिल्ला शिक्षा अधिकारी दीपक काफ्लेले २०६८ सालको कार्यसम्पादन मूल्यांकन फाराममा कुनै अंक नभरी दस्तखत मात्र गरेर क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाएको जानकारी सम्वन्धित शिक्षकहरुले हालै मात्र पाएका हुन ।
    कार्यसम्पादन फाराम भरेर अंक नपाउने शिक्षकहरुमा मावि तहका नीकलण्ठ पुरी, श्याम कार्की, रामप्रसाद पौड्याल, लक्ष्मी श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ, निमावि तहका सुशिला सापकोटा, हरीकुमार अधिकारी र पूण्यप्रसाद कोईराला तथा प्राविका कुमारवहादुर कार्की  छन् ।
    कार्यसम्पादन मूल्यांकन फाराममा कुनैपनि अंक उल्ल्ोख नगरी पठाएका शिक्षकहरुले आईतवार जिल्ला शिक्षा कार्यालय रामेछापमा संयुक्त निवेदन पेश गरी खाली फाराममा अंक भर्ने व्यवस्थाका लागि माग गरेका छन् । उनीहरुले उक्त कार्यबाट हाल र भविष्यमा समेत बढुवा प्रकृयामा गम्भीर असर पर्ने जनाउादै उक्त फारामहरु झिकाई नम्बर राख्ने व्यवस्थाको लागि समेत आग्रह गरेका छन् ।
    जिल्ला शिक्षा कार्यालयका उपसचिव हेमन्तकुमार वुढाथोकीले शिक्षकहरुको दाबीअनुसार खाली फाराम नगएको वताए । 'हामीले गरेको सोधपुछमा मूल्यांकनकर्तादेखि पुनारावलोकनकर्ता समेतले अंक राखेर मात्र हस्ताक्षर गरेको दावी गरेका छन्', वुढाथोकीले भने । उनले शिक्षकहरुको निवेदन वमोजिमनै खाली फाराम गएको भए उक्त फाराममा नम्बर राख्ने व्यवस्थाका लागि जिल्ला शिक्षा कार्यालयले माथिल्लो निकायमा निर्देशन मागिसकेको वताए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अंक नदिई मूल्यांकन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top