728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 10, 2013

    नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन

    चरिकोट, वैशाख २८–निर्वाचनलाई लक्षित गरी दोलखामा नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालयले ५१ वटा गाविस र भिमेस्वर नगरपालिकामा गरी एक महिनाका लागि बिभिन्न ५ वटा टोली खटाएको हो । आगामी जेठ २० गते सम्म टोलीले गाउँ गाउँमा पुगेर नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ता गर्नेछ ।
    आज टोलीले मेलुङ, गैरीमुदी, स्यामा र कालिञ्चोक गाविसका स्थानीयलाई नागरिकता बितरण गर्नुको साथै फोटो सहितको मतदाता नामावली दर्ता गर्ने छ । प्रत्येक टोलीमा नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि निजामति कर्मचारी तथा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
    स्थानीय प्रशासनले १५ वटा गाविस र भिमेस्वर नगरपालिकाका तिन स्थानमा एक–एक दिन र बाँकी सवै गाविसमा दुई–दुई दिनका दरले टोली खटाएको दोलखाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top