728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, May 17, 2013

    राजस्थानद्वारा हैदरावाद पराजित

    iplकाठमाडौं, जेठ ४ – आइपिएल क्रिकेट अन्तरगत गएराती भएको खेलमा सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई २३ रनले पराजित गरेको छ ।
    टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले राजस्थानलाई १ सय ३७ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ्ग थालेको राजस्थान ९ विकेटको क्षतिमा १ सय १३ रनमा समेटियो ।जितसंगै हैदरावाद ९ वटा टिम सहभागी आइपिएल क्रिकेटको अंक तालिकामा चौथो स्थानमा पुगेको छ । जितसंगै हैदरावादले प्लेअफ पुग्ने सम्भावना बढाएको छ ।
    यसअघि मुम्बई, चेन्नई र राजस्थान प्लेअफमा पुगिसकेका छन् । बेङ्लोरले शनिबार चेन्नईसंग हुने खेल जित्ने र हैदरावादले आइतबार कोलकातासंग हारेको अवस्थामा मात्र बेङ्लोर प्लेअफमा पुग्नेछ ।
    चौथो स्थानमा रहेको हैदरावादको १८ अंक छ भने पाँचौस्थानमा रहेको बेङ्लोरको १६ अंक छ । आइपिएलमा शनिबार दिउँसो किंग्स इलेभेन पंजाब र मुम्बई इन्डियन्स तथा बेलुकी सवा आठ बजे बेङ्लोर र चेन्नई भिड्नेछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राजस्थानद्वारा हैदरावाद पराजित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top