728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, May 21, 2013

    अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड


    ७ जेठ, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमर लामाको हत्या एमाओवादीले नगरेको बताउनुभएको छ ।
    पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्च माविको भवन उद्घाटन तथा ३३ औँ वाषिर्कोत्सव समारोहमा मंगलबार प्रचण्डले लामाको हत्या एमाओवादीले गरेको भनी लगाइएको आरोपको प्रतिवाद गर्दै भन्नुभयो-”अमर लामाको हत्या एमाओवादीले गरेको कसरी थाहा भयो, उहाँ कहिलेदेखि न्यायाधीश बन्नुभयो ।”
    उहाँले आगामी मङ्सिरभित्र संविधानसभा निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीसँग आफूले गरेको पछिल्लो छलफलका आधारमा केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने अनौपचारिक सहमति भएको जानकारी दिनुभयो ।
    विद्यालयले आयोजना गरेको धान्याचल माहायज्ञमा राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेको परिवारले ३५ लाख सहयोग प्रदान गरेपछि विद्यालयको नामसमेत परिवर्तन गरी ‘हिमालय दण्डपाणि न्यौपाने उच्च मावि’ राखिएको छ । रासस

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top