728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, May 9, 2013

    एशियन च्याम्पियनलाई प्रचण्डको अभिनन्दन

    संसार को खबर .कम
    २७ वैशाख, काठमाडौं । ट्रायाथलन खेलमा एशियन च्याम्पिय भएका खेलाली राजीव कुमार गुरुङ्ग सम्मानित भएका छन् । उनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो । २५ अपि्रल देखि २९ अपि्रल सम्म फिलिपिन्सको सुविक वे मा भएकेा आईटीयु, एयसटीसी एशियन ट्रायाथलन च्याम्पियनसीप २०-२९ वर्ष समूहमा गुरुङले स्वर्ण पदक जितेका थिए ।
    गुरुङलाई सम्मान गर्दै प्रचण्डले भन्नुभयो ‘यो नेपालीको गौरवको कुरा हो, यसले राष्ट्रलाई एक सुत्रमा बाध्न सक्छ । हाल खेल क्षेत्रमा राम्रो संकेत देखिएको छ । पहिलो पटक सहभागी भएर पहिलो पटक नै एशियन च्याम्पियन जित्न सफल भएकोले यो ठूलो कुरा भएकाले खेलाडी, प्रशिक्षक, र पदाधिकारी सबै टीमलाई बधाई व्यक्त गर्दछु,’ । उँहाले आगमी दिनमा अझै सफलता हासिन गर्नका लागि लगनसिल भएर लाग्न आग्रह गर्दै खेलको विकास गर्न एमाओवादीले हरतहरबाट प्रयास गर्ने बताउनुभयो ।
    राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएर डेढ वर्ष पनि नबित्दै हासिल गरेको उपलब्धिलाई अध्यक्ष प्रचण्डले सम्भावनाको खेल रहेको बताउनुभयो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: एशियन च्याम्पियनलाई प्रचण्डको अभिनन्दन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top