३७ वर्षअघि, जीवनमा पहिलो चोटी ‘ब्लु फिल्म’ हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेका थिए । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दस रुपैयामा । सिनेमा हलको बाल्कोनी टिकट पाँच रुपैयाँ पर्ने जमानामा सुकुलमा बसेको दस रुपैया धेरै ठुलो कुरा थियो ।
हुन त चिज पनि उसले ठुलै देखाउथ्यो ! त्यसैले दर्शक दस रुपैयाँ बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेटी भन्थ्यो ‘यहा डराउनै पर्दैन । फस्ट सो म पुलिसको हाकिमलाइ देखाउछु । दस रुपैयामा तीन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो ।’
हेर्दै जांदा शरीरमा काम ज्वरो आयो । सतीसावित्री टाइप हिन्दी सिनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन ।
घुडा भन्दा माथिको भाग देखाउलिन भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहाँ ! मखन गल्लीकी गोरी त फस्ट सिनमै–छि–हामी जस्तो लाजै नमान्नेलाई समेत लाज लाग्ने गरि काले भुसतिघ्रेसित कब्बडी खेल्न थालिन् ।
मैले तीन दिन ‘सुकुलमा बसेर हेर्ने फिल्म’ हेरे । तेस्रो अनुभव कहिलै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रीनमा, औसीको रात भन्दा पनि कालो हब्सी , पूर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिए पछि कोठामा बत्ती बल्यो ।
उज्यालोमा देख्छु त, ए राता मकै, हाम्रो टोलमा ब्रम्हचार्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै ग¥र्यौ । दुबैको भलाई त्यसैमा थियो ।
- See more at: http://www.nepalsandesh.com/2014/08/22/101165#sthash.Bg4XI8HF.pfIpnrFg.dpufउज्यालोमा देख्छु त, ए राता मकै, हाम्रो टोलमा ब्रम्हचार्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा ! हामीले एक अर्कालाइ नदेखे झै ग¥र्यौ । दुबैको भलाई त्यसैमा थियो ।
.jpg)
0 comments:
Post a Comment