728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    सुकिलुम्बा विमानस्थलको धावन मार्गको काम पुरा, बाँकी कामका लागी रकम अभाव

    इलाम, भाद्र ७ । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावन मार्ग पूरा भएको छ । पूर्वी पहाडी जिल्ला इलाम र सीमावत्र्ती भारतीय क्षेत्रलाई लक्षित गरेर सुरु भएको विमानस्थलको धावन मार्गको काम सकिएपनि रकम अभावले बाँकी काम गर्न समस्या भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर रामहरि महर्जनले बताए ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको ठेक्का अनुसार ६० मिटर चौंडाको सात सय ६० मिटर कच्ची धावन मार्ग पूरा गरिएको छ ।

     सात करोड खर्च गरेर धावन मार्गसहित ग्याविन वाल, र कल्भर्ट निर्माण भइसकेको याक्थुङ्गहाङ्ग एपेक्स गजुरमुखी जेभी निर्माण कम्पनीले जनाएको छ ।
    सरकारले हालै घोषणा गरेको आर्थिक वर्ष ०७१/०७२ को बजेटमा विमानस्थलका लागि रकम व्यवस्था नगरेपछि विमानस्थलको बाँकी संरचना अन्योलमा परेको हो । विमानस्थललाई चालु गर्न आवश्यक विभिन्न संरचना बनाउन १३ करोड रुपैंयाँ रकम आवश्यक पर्ने भएकाले चालु आवको लागि प्राधिकरणले सरकारसँग बजेट माग गरेको छ ।
    तर, राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको रातो किताबमा फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि बजेट विनियोजन गरेको छैन ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुकिलुम्बा विमानस्थलको धावन मार्गको काम पुरा, बाँकी कामका लागी रकम अभाव Rating: 5 Reviewed By: Unknown
    Scroll to Top