
गोलाघाट– नागाल्यान्डसँग जोडिएको आरामको गोलाघाट क्षेत्रमा भएको क्षेत्रीय हिंसाको विरोधमा असम गणपरिषद्लगायत दलले आह्वान गरेको बन्दका कारण बिहीकार असमको जनजीवन प्रभावित भएको छ।
बुधबार प्रहरीले चलाएको गोलीले दुई जनाको मृत्यु भएपछि जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको गोलाका जिल्ला अधिकारी जुली सोनोवालले बताए। दुई सातादेखि जारी हिंसाका कारण यहाँ नौ जनाको मृत्यु भइसकेको छ।
मुख्यमन्त्री तरुण गोगोईले गोलाघाट क्षेत्रको भ्रमणका क्रममा कम्तीमा १० हजार मानिस घर छाडेर भागेको बताए। प्रदर्शनकारीले नागाल्यान्डतर्फबाट हुने आक्रमणलाई मध्यनगजर गर्दै सुरक्षा व्यवस्था थप कडा पार्नुपर्ने माग गर्दै आएका छन्। यो घटनाबारे गोगाई र नागाल्यान्डका मुख्यमन्त्री जिआर जिलियन गुहावटीबीच भेटवार्ता हुने कार्यक्रम छ।
नागाल्यान्डका केही समूहले फेरि असमलाई दिइएको नागाल्यान्डको केही भूभाग फिर्ता गराउनुपर्ने माग गरिरहेका छन्। यसपछि दुई क्षेत्रबीच हिंसा सुरु भएको हो। यो विषयमा पछिल्लो समयमा असम राजनीतिक दल पनि सहभागी भएका छन्। असम सरकारले जनताको जिउधनको राम्रोसँग सुरक्षा गर्न नसकेको आरोप लगाइरहेका छन्। स्थानीय प्रशासन भने नागाल्यान्ड सीमासँग जोडिएको केही हिस्साको सुरक्षाको जिम्मा केन्द्रीय अर्धसैनिक बलको भएको भन्दै पन्छिने गरेका छन्।
0 comments:
Post a Comment