728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    समयमा नै संविधानको खाका नआए आन्दोलन : प्रचण्ड


    काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमा नै संविधानको खाका तयार नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।


    संघीय गणतान्त्रिक मोर्चाले शनिबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रचण्डले भदौभित्र संविधानको सहमतिको खाका नआए असोजदेखि आन्दोलनमा जाने बताएका हुन् ।

    उनले भदौभित्रै विवादित विषयमा सहमति नभए कार्यतालिका अनुसार प्रक्रियामा जानुपर्ने धारणा समेत व्यक्त गरे । उनले प्रक्रियमा गएर पनि संविधान निर्माण हुने वातावरण नबने सडकवाट नै संविधान जारी गर्ने समेत चेतावनी दिए ।

    कार्यक्रममा एकीकृत माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराईल पहिलो संविधान सभाको राज्य पुनःसंरचना आयोग र राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफाड समितिले प्रस्ताव गरेको प्रदेशअन्तर्गत नै रहेर राज्यपुनःसंरचना गर्नुपर्ने बताए । उनले अन्य दलहरुले त्यसविपरितको निर्णय गरे स्वीकार्य नहुने चेतावनी समेत दिए ।

    त्यस्तै फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतका नेताहरुले नेताहरुले अंकगणितीय हिसाबले सहमतिलाई उल्लघंन गरेर प्रक्रियामा जान खोजिए प्रत्युत्पादक हुने चेतावनी दिएका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: समयमा नै संविधानको खाका नआए आन्दोलन : प्रचण्ड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top