728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 23, 2014

    मिर्गौलाको पथ्थरी हुँदा के खाने? के नखाने? थाहा पाउनको लागि किलिक गर्नुहोस

    मिर्गौलाको पथ्थरी हुँदा के खाने? के नखाने? 
    डॉ. हेमराज कोइराला 

    मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ। विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ। 

    के खाने ?
    १ . पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
    २ . पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ। 
    ३ . हरियो मकैको चीया: यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ। 
    ४ . जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ। 
    ५ . भुई-कटहरको रस: भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।
    ६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।
    ७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
    ८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
    ९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ। 
    १० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
    ११ . गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ.
    के नखाने ?
    पथ्थरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल, काजु , काक्रो र कालो अंगुर को पहरेज गर्नु पर्छ। यी फल हरू मा अक्जलेट को मात्र धेरै छ जसले क्याल्सियम संग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ। यसै गरी मिर्गौलाको पथ्थरी भएकाहरू ले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्य हरू को पनि पहरेज गर्नु पर्छ। यी खाद्यान्न मा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ। खाना मा यी तत्वहरूको समाबेस भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनि चाडै पथ्थरी हुञ्छ .
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मिर्गौलाको पथ्थरी हुँदा के खाने? के नखाने? थाहा पाउनको लागि किलिक गर्नुहोस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top