काठमाडौं, भाद्र ५ । अर्थमन्त्री डा. रामशरण महतले काठमाडौैंको यातायात क्षेत्रलाई व्यवस्थित गर्न पुराना गाडी हटाउनुपर्ने बताएका छन् । उनले सार्वजनिक यातायातका साधनको न्यूनतम मापदन्ड तोक्नुपर्ने भन्दै थोत्रा ट्याक्सी छिटो हटाउनुपर्ने पनि बताए ।
उनले थोत्रा ट्याक्सी हटाउँदा युनियनको घेराबन्दीमा परिने अवस्थामा पनि सरकारले कडा निर्णय गर्नुपर्नेमा
नेपाल अटोमोबाइल डिलर एसोसियसन (नाडा) को ३७औं वार्षिक साधारणसभाका अवसरमा मन्त्री महतले स्वदेशमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीहरुलाई आग्रह पनि गरे । व्यवसायीहरुले स्वदेशमा नै गाडी उत्पादन सुरु गरे सरकारले संरक्षण दिने उनको भनाइ थियो ।
व्यवसायीहरुले सवारी साधन विलासी नभइ आवश्यकता बनिसकेको बताउँदै कर घटाउन गरेको आग्रहमा मन्त्री महतले गाडी विलासी र आवश्यकता दुबै भएको बताए ।
सार्वजनिक यातायातमा सरकारले धेरै कर नलगाएको भन्दै उनले विलासी गाडीमा मात्रै बढी कर लगाइएको प्रष्ट गरे ।
व्यवसायीहरुले भने सरकारले बजेटमा अटोमोबाइल क्षेत्रलाई नसमेटेको भन्दै दुःखेसो व्यक्त गरेका थिए - See more at: http://imagekhabar.com/samachar/detail/40771/30/.shtml#sthash.3Eo95e0F.6vyBA77w.dpuf
0 comments:
Post a Comment