728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, August 25, 2014

    प्रसूति गराइएकी महिलाको मृत्यु, स्टाफ नर्स पक्राउ.

    रौतहट, ८ भदौ । निजी क्लिनिकमा प्रसूति गराउने क्रममा रौतहटमा एक महिलाको शनिबार मृत्यु भएपछि प्रहरीले सुत्केरी गराउनमा संलग्न एकजना नर्सलाई पक्राउ गरेको छ ।



    गर्भ जाँच गराउन चन्द्रपुर नगरपालिका– १४ नं मा रहेको डुमरियास्थित प्रिती प्रसूति क्लिनिक पुगेकी चन्द्रपुर नगरपालिका–१० बस्ने सावित्री दाहाल तिमल्सिनालाई जबर्जस्ती प्रसूति गराउँदा मृत्यु भएको भनी पीडितले लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    चौथोपटक गर्भवती रहेकी उनी गर्भ जाँच गराउन उक्त क्लिनिकमा पैदल नै गएको भए पनि डुमरिया मटिऔन स्वास्थ्य चौकीका वरिष्ठ स्टाफ नर्स तारा कर्णले आफ्नो क्लिनिकमा भर्ना गरेर जथाभावी चिरफार गरेर मारेको आरोप पीडित परिवारले लगाएका छन् ।

    स्टाफ नर्स कर्णले आफ्नो २९ वर्षको अनुभवमा कहिल्यै पनि यस्तो घटना नभएको बताउँदै ती महिला पैदल हिँडेर आए पनि प्रसूति हुने सङ्केत देखिएपछि आफूले प्रसूति गराउने क्रममा मृत्यु भएको बताएकी छिन् ।


    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले घटनापछि नर्सलाई पक्राउ गरिएको बताए । उता शवको चन्द्रपुर अस्पतालमा  पोष्टमार्टम गरी परिवारलाई  बुझाउने तयारी भइरहेको नायब उपरीक्षक गिरीले बताए । रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रसूति गराइएकी महिलाको मृत्यु, स्टाफ नर्स पक्राउ. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top