728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 3, 2014

    श्रीमान्–श्रीमतीको सँगसँगै मरण ! एउटै चितामा श्रीमान् श्रीमती

    पर्वत, भाद्र १८ गते श्रीमान् मरेपछि ज्यूँदै सतिजाने प्रथाको अन्य भएपनि पर्वत जिल्लाको बाजुङ गाविस वडा नं ९ कोटथरमा भने एकै घरका श्रीमान् श्रीमतीको एकैचोटी निधन भएको छ ।

    मंगलवार विहान करीव १० बजे श्रीमान् रुद्र बहादुर विकको निधन भएको डेढ घण्टा नवित्दै श्रीमती छली विकको पनि निधन भएपनि श्रीमान् श्रीमतीलाई सँगसँगै सतिगति गर्न गाउँलेहरु बाध्य भएका छन् ।

    बयानब्बे बर्षे श्रीमान विकको रोगका कारण निधन भएता पनि चौरासी बर्षिय श्रीमती विक भने रोग नलाइकन एक्कासी निधन भएको पारिवारिक श्रोतले बताइएको छ ।

    श्रीमान् श्रीमती यसरी सँगै मर्नुलाई धेरैले सति गएको र दुवै जनाको मरण हुनु एउटा अनौठो घटना भएको

    जनाएका छन् । मंगलवार निधन भएका विक दम्पत्तिको बुधवार विहान मोदीवेणीमा एकै साथ अन्त्योष्टी गरिएको छ । उनीहरुलाई छोरा चन्द्र बहादुर विक दागवत्ती दिएका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रीमान्–श्रीमतीको सँगसँगै मरण ! एउटै चितामा श्रीमान् श्रीमती Rating: 5 Reviewed By: Unknown
    Scroll to Top