728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    युवतीका प्रेमीले कोठामा बोलाएर किशोरीमाथि सामूहिक बलात्कार..

    कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरकी १६ वर्षीया एक किशोरीमाथि चारजनाले गएराति सामूहिक बलात्कार गरेका छन् । बलात्कार गर्ने चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा लिएको छ ।

    युवतीका प्रेमीले कोठामा बोलाएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ । बलात्कारमा संलग्न भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

    युवतीको बयानका आधारमा राति २ बजेतिर चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताए । बलात्कृत युवतीको अवस्था सामान्य रहेको छ ।

    बलात्कृत युवती भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । पक्राउ परेका चारै जनाले बाटोमा हिँडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरी हिरासतमा राखेको बताइआएका छन् । - रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युवतीका प्रेमीले कोठामा बोलाएर किशोरीमाथि सामूहिक बलात्कार.. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top