728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, July 18, 2014

    यसरी फस्टाउँदै छ ठमेलमा यौन व्यवसाय -

    काठमाडौं । कानुनद्वारा बर्जित यौन व्यवसाय राजधानीको ठमेलमा फेरि फस्टाउन थालेको छ । प्रहरीले कडाई गरेपछि सुस्ताएको अवैध यौन व्यवसाय फेरि फस्टाएको हो ।
    स्रोतका अनुसार राजधानीको नयाँ बसपार्क, सुन्धारालगायतका क्षेत्रमा समेत यौन व्यवसाय हुने गरेको भएपनि ठमेलमा यस्तो व्यवसाय बढी केन्द्रीत रहेको छ ।
    पछिल्ला केहि वर्ष अघि मसाज सेन्टरका नामबाट हुने अवैध यौन व्यवसायमा प्रहरीले कडाई गरेपछि सो व्यवसायमा सुस्तता आएको थियो । तर, अहिले ठ्याक्कै त्यस्तो नभएपनि परिष्कृत र चलाखीपूर्ण ढंगले यौन व्यावसाय सञ्चालन हुँदै आएको स्रोत बताउँछ ।
    ग्राहकहरुले खुलेआम रुपमा पहिले मसाजमा गएर निर्धक्क रुपमा यौन प्यास मेट्नसक्ने अवस्था रहेपनि पछिल्लो समय भने मसाज सेन्टरमा यौन गतिविधि न्युन हुने गरेको छ । अँझ रोचक पक्ष त के छ भने २–३ वर्षअघि २ सयभन्दा बढी ठमेल क्षेत्रमा रहेकामा पछिल्लो समय निकै कममात्रै मसाज सेन्टर रहेका छन् । त्यसमा पनि थोरैलाई छाडेर अधिकांसमा ठमेल पर्यटन विकास परिषद्ले लागू गरेको आचारसंहिताको पालना गरेर काम हुँदै आएको छ ।
    त्यसो भए कसरी फस्टाउँदैछ त यौन व्यावसाय ? तपाईमा प्रश्न उठ्न सक्छ । स्रोतका अनुसार अहिले मसाजको विकल्प रेष्टुरेन्ट र डान्सबार बनेको छ । त्यहाँ दलालमार्फत मोलमोलाई हुन्छ । दुबै पक्षबीच सहमति भएपछि ठमेलकै केहि गेष्ट हाउस तथा नयाँ बसपार्कतिर जोडीहरु लाग्ने गरेको बताइन्छ ।
    ‘पहिले सिधै मसाजमार्फ यौनजन्य गतिविधि भएपनि अहिले भने दलालमार्फत मोलमोलाई गरेर निश्चित ठाउँमा गएर यौनक्रियाकलाप हुने गरेको छ,’ ठमेलकै एक रेष्टुरेन्ट मजदुरले भने,‘अहिले प्रहरीले छापा पनि कम पार्ने गरेको छ यस्ता यौनजन्य गतिविधिको अखाडा ठमेलकै केहि गेष्ट हाउस र नयाँबसपार्कका होटलहरु हुने गरेको छ ।’
    उनले पछिल्लो समय प्रहरीले कुनै कडाई नगरेको भन्दै कुनै होटल तथा गेष्ट हाउसमा छापा हानिहाले पनि व्यवसायी र प्रहरीबीचको मिलेमतोले यौनगतिविधिमा संलग्नहरु सजिलै उम्कने गरेको र व्यवयासीपनि कारबाहीको दायरामा आउन नसकेको बताए ।
    कतिपय होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसले कर्मचारीको रुपमा यौनकर्मीलाई नियुक्त गर्ने गरेको पनि बताइन्छ । ति यौनकर्मीको ध्यान काम भन्दापनि ग्राहकलाई आफ्नो बसमा पार्न तल्लिन हुने गरेको स्रोत बताउँछ ।
    यौनकर्मीहरुले ग्राहकबाट ५०० देखि ५००० सम्म शुल्क लिने गरेको स्रोत बताउँछ । उनीहरुको मुख्य ग्राहक विदेशी पर्यटक र नेपाली दुबै हुने गरेको छ ।
    यसो त रातको समयमा ठमेलका गल्लीहरुमा खुलेआम यौन व्यवसायी, तिनीहरुका दलाल र ग्राहकबीच मोलमोलाई हुने गरको छ । रातिको १० बजेपछि ठमेलका सडकमा यौनकर्मी महिला ग्राहकको पर्खाईमा छ्यास्छ्यास्ती हुन्छन् ।
    दोहोरी साँझ र डिस्कोबाट मदिरा खाएर हल्लिंदै निस्केकाहरुसँग उनीहरुको मोलतोल सुरु हुन्छ । सडक किनारमा उभिएरै रकमको मोलतोल गर्नपनि पछि पर्दैनन् ।
    तर, प्रहरीको भने यस्ता अवैध गतिविधि रोक्न ध्यान पुग्न नसकेको स्थानीयहरुको गुनासो छ । अहिलेका परिषद्का अध्यक्ष रामशरण थपलियाको चरम बेतिति पनि यौन व्यवसाय फस्टाउनुको अर्को कारण रहेको स्थानीयको आरोप छ । उनको गैर जिम्मेवारीपनका कारण ठमेल अहिले लथालिंग जस्तै बनेको छ ।
    झण्डै तीन वर्षअघि तत्कालि ठमेल पर्यटन विकास परिषद नेतृत्वले मसाज, डिस्को र डान्सबारहरुमा आचारसंहिता बनाएर अनुगमनमा कडाई गरेपछि यौनजन्य गतिविधिमा कमी आएको थियो ।
    मुख्यगरी मसाज लक्षित आचारसंहितामा स्पष्ट पोसाक, ब्रान्डेड तेलको प्रयोग, पारदर्शी कोठा, आधिकारिक प्रमाणपत्र भएका दक्ष एवं उमेर पुगेका कामदार, परिषद्, महानगरपालिका र मसाज व्यवसायी संघको सदस्यता अनिवार्य रूपमा लिनुपर्ने मापदण्ड तोकिएको थियो।
    यस्तै अधिकांश घरबेटीहरुले समेत त्यस्ता गतिविधि गर्नेहरुलाई निश्काष्ति गरेका थिए ।
    परिषद् प्रहरी र स्थानीयको अग्रसरताले यौनजन्य गतिविधिमा कमी आएपनि अहिले फेरि सम्बन्धित निकायको बेवास्ताका कारण बल्झिएको हो
    यसैबीच ठमेलमा सञ्चालित केहि होटहरु यौनजन्य गतिविधिकै कारण टिकेको स्रोत बताउँछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी फस्टाउँदै छ ठमेलमा यौन व्यवसाय - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top