घर टहरा भत्काउँदै सुनसरी मोरङ सिँचाई आयोजना
नरेन्द्र बस्नेत, मोरङ।
नहर किनार अतिक्रमण गरेर बनाइएका घर टहराले नहरको क्षमता ६५ प्रतिशतसम्म घटेपछि सुनसरी मोरङ सिँचाई आयोजनाले नहर छेउछाउ बनाइएका घर टहरा भत्काइरहेको छ
नहर किनारमा वर्षौंदेखि रहेका टहराहरुका कारण नहरमा फोहोर थुप्रिँदै गएर ६८ हजार हेक्टरमा गरिँदै आएको सिँचाइ र खेती प्रभावित बन्ने अवस्था उत्पन्न भएपछि घर टहरा भत्काइएको हो । आयोजनाले आफ्नो क्षेत्रभित्र बनेका साढे पाँच हजार घर टहरा भत्काउने योजनाअन्तर्गत मोरङका दुई हजार दुई सय घर भत्काइसकेको छ भने सुनसरीका ३२ सय घरहरु भत्काउने क्रम अन्तिम चरणमा पुगेको सुनसरी मोरङ सिँचाई आयोजना प्रमुख महाजन यादवले जानकारी दिएका छन् ।
घर टहरा भत्काउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको छ। लामो समयदेखि नहर छेउको जमीन अतिक्रमण हुँदै आएपनि सरकारको वेवास्ताका कारण वर्षेनी सयौं घर टहरा थपिँदै आएका थिए। नहरको पानीले गरिएको सिँचाईबाट सुनसरी र मोरङका १० लाख वासिन्दाहरु प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित बन्ने गरेका छन्। नहरको पानी पुगेरै सिँचाई गरिएका जमिनले मोरङ र सुनसरीलाई पालेर पनि पूर्वी पहाडमा अन्न पुर्याउँछ।
नहरको जग्गा अतिक्रमण बढेर व्यवसायीहरु तथा भूमाफियाहरुले समेत कब्जामा लिएर बेच्ने गरेपछि पछिल्लो समयमा सिँचाई आयोजनाले सफा गर्न तदारुकता देखाएको हो।
सुनसरीको खनार तथा झुम्का क्षेत्रमा नहरको जग्गामा घर टहरा बनाउनेले त झन् पसल खोलेर व्यवसाय नै गरिरहेका थिए ।

0 comments:
Post a Comment