महिलाको रहस्यमय मृत्यु
' दाइजो र छोरा नपाएको भन्दै हत्या गरिएको माइती पक्षको आरोप '
अनिल श्रेष्ठ
मोरङ,जेठ १०–मोरङको हरैचा–३ की विवाहित एक युवतीको रहस्यमय ढंगले मृत्यु भएको छ । तर ति महिलाको माइती पक्षले भने दाइजो नल्याएको र छोरा नपाएको भन्द ति महिलाको श्रीमानले नै चरम यातना र कुटपिट गरेर हत्या गरेको दावी गरेको छ ।
मोरङको इटहरा ५ बाट २०६६ सालमा हरैचा ३ का केवल भनेर चिनिने पूर्णबहादुर श्रेष्ठसँग विवाह गरेकी २५ वर्षीया रीता श्रेष्ठको ३ जेठमा यसरी रहीयमय ढंगले मृत्यु भएको हो ।
माइती पक्षले कुनै रोग र विराम नभएकी रीताको एक्कासी गएको शनिबार बिहान मृत्यु भएको भन्दै ज्वाईंविरुद्ध हत्यको किटानी जाहेरी दर्ता गरेका छन् । मृतककी आमा रत्नमायाँको अनुसार छोरीको विवाह भएको तीन वर्ष यतादेखि दाईजो नल्याएको भन्दै ज्वाई पूर्णबहादुरले कुटपिट र यातना दिँदै आइरहेका थिए ।
विवाह गरेको दुई वर्षपछि पहिलो र अर्को वर्ष दोश्रो छोरी जन्माएको भन्दै ज्वाईं पूर्णबहादुरले रीतालाई बारम्बार मानसिक यताना दिने गरको माइती पक्षको भनाई छ । छोरा जन्माउन नसकेको भन्दै छोरीलाई कुटपिट गरिरहने भएकोले उनले नै रीताको हत्या गरेको परिवारको दावी छ । छोरी विरामी भएको भनिए पनि मृत्यु भएपछि मात्र आपूmहरुलाई ज्वाईं पूर्णबहादुरले खबर गरेकाले घटना शंकास्पद बनेको उनीहरुको भनाई छ ।
छोरीको मृत्यु भएको खबर ज्वाईंले नसुनाएर छिमेकीहरुले सुनाएको आमा रत्नमायाँले बताइन् । ‘छोरी मरेको खबरसमेत नसुनाउने ज्वार्इंले नै कुटपिट गरेरै रीताको हत्या गरेका हुन् । उनलाई जुसुकै हालतमा कारवाही गर्नुपर्छ’ रुँदै रत्नमायाँले भनिन् ।
मृतक रीताको शरीरको विभिन्न भाग र हत्केलामा निलडाम रहेकोले पनि उनको हत्या भएको पुष्टी भएको माइती पक्षको दावी छ । तीन वर्षिया १४ महिनाका दुई छोरी रहेकोमा रीताको पुनः गर्भ रहेपछि पूर्णबहादुरले दबाब दिएर बैशाख ११ मा इटहरीस्थित मेरी स्टोभ क्लिनिकमा गर्भपतन गराएको खुलेको छ । पूर्णबहादुर अर्कै केटीको मायाजालामा परेपछि रीतामाथि बारम्बार यातना दिँदै हत्या गरेको आरोप छ ।Rita Murder
घरमा सामान्य झैझगडा हुने गरेपनि आपूmले श्रीमतीको हत्या नगरेको आरोपित पूर्णबहादुरको भनाई छ । रिताको बेलाबेलामा पेट दुख्ने गरेकोले उनी बिरामी हुँदा ससुरालीमा खबर नगरेको बताउँदै उनले उपचारको क्रममै मृत्यु भएको बताए । मृतक रीमाको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एपी विश्वराज पोखरेले पोष्माटर्मको रिपोट आएपछि आरोपित पूर्णबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने बताए । अहिले श्रीमतीको काजक्रियामा बसेको हुनाले १३ दिन पुगेपछि उनलाई नियन्त्रणमा लिने प्रहरीको भनाई छ ।
रिताका पति पुर्णबहादुरले पत्नीसँग समान्य घरझगडा हुनेगरेको तर, कुटपिट गरेर हत्या नगरेको बताए । ‘हामीले दुई पटक गर्भपतन गराएको हो’ पति पूर्णबहादुरले भने ‘ तर रिताको स्वास्थ्यमा असर गर्ने भएकोले दुबै जनाको सहमतिमा गर्भपतन गराएका हौं’
घटनाबारे जानकारी नआएकोले वास्तविकता पत्ता नलागेको तर अब जानकारी आइसकेकोले अनुसन्धान गर्न ईप्रका बेलबारीलाई अह्राएको मोरङका एसपी विश्बराज पोखरेलले बताए ।

0 comments:
Post a Comment