728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 8, 2014

    फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा

    फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा

    सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् । आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक–ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ । फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ ।
    आफ्नो फेसबुकलाई आफ्ना साथीहरु बाहेक अरु कसले हेरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसकारण कुनै कुराहरु पोष्ट गर्नुपूर्व एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ । फेसबुकमा कस्तो कुराहरु पोष्ट गर्नबाट बच्नुपर्छ भन्ने कुरा यहाँ दिइएको छ ।

    आफ्नो र परिवारको पूरै जन्मदिन
    फेसबुकमा हामी आफ्नो जन्म मिति, परिवारको जानकारी निकै सजिलो तरिकाले पोष्ट गर्ने गछौँ । हामीलाई हाम्रो जन्मदिनमा फेसबुक वालमा आउने जन्मदिनको सन्देश निकै राम्रो लाग्ने गर्दछ तर आफ्नो जन्म दिन यहाँ सेयर गरेर तपाईं साइबर चोरहरुलाई आफ्नो निजि जानकारी दिइरहनु भएको छ ।

    सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस्

    फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाईं सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने कुरा होइन । यसबाट तपाईंमाथि याद गरिरहेका मानिसहरुले तपाईं कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । यो जानकारी तपाईंको लागि समस्याको जड हुनसक्छ ।

    वर्तमान ठाउँ पोष्ट नगर्नुहोस्
    कोहि मानिसहरुको बानी नै हुन्छ छिन–छिनमा आफ्नो फेसबुक अपडेट गर्ने । कुन रेष्टुरेन्टमा खाना खाइरहेका छन् र यसका साथै त्यहाँको पूरै लोकेसन ट्याग गर्ने गर्दछन् । तर यस्तो गर्नु राम्रो होइन । यसबाट मानिसहरुलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी हुन्छ र यदि तपाईंलाई लुट्न प्रयास गरिरहेका मानिसहरु छन् भने उनीहरुलाई यस्तो पोष्टले निकै सहयोग गर्ने गर्दछ ।

    घरमा एक्लै भएको कुरा
    तपाईं घरमा एक्लै भएको कुरालाई कहिले पनि पोष्ट नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ जसको फाइदा उनीहरुले तपाईंबाट उठाउन सक्छन् ।

    तस्बिरमा नामसँगै ट्याग
    थुप्रै मानिसहरु आफ्नो बच्चाहरुको धेरै फोटो उनीहरुलाई ट्याग गरेर पोष्ट गर्ने गर्दछन् । कसैले त बच्चा जन्मनेबित्तिकै बच्चाको फोटोसँगै हस्पिटलको ठेगाना पनि पोष्ट गर्ने गर्दछन् । यदि तपाईं कुनै फोटो पोष्ट गरिरहनुभएको छ भने त्यसमा कसैलाई पनि ट्याग नगरि पोष्ट गर्नुहोला ।

    साइबरसँग जोडिएका थुप्रै अपराधमा मानिसहरु पक्राउ परिरहेका छन् । यसबाट बच्न यसको प्रयोगमा प्रतिबन्धको साटो यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने भन्ने बारेमा सोच्नु जरुरी छ । आफ्नो तर्फबाट सुरक्षाको तरिका अपनाएमा भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।(एजेन्सी)–

    Photo: फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा   सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् । आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक–ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ । फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ । आफ्नो फेसबुकलाई आफ्ना साथीहरु बाहेक अरु कसले हेरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसकारण कुनै कुराहरु पोष्ट गर्नुपूर्व एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ । फेसबुकमा कस्तो कुराहरु पोष्ट गर्नबाट बच्नुपर्छ भन्ने कुरा यहाँ दिइएको छ ।  आफ्नो र परिवारको पूरै जन्मदिन फेसबुकमा हामी आफ्नो जन्म मिति, परिवारको जानकारी निकै सजिलो तरिकाले पोष्ट गर्ने गछौँ । हामीलाई हाम्रो जन्मदिनमा फेसबुक वालमा आउने जन्मदिनको सन्देश निकै राम्रो लाग्ने गर्दछ तर आफ्नो जन्म दिन यहाँ सेयर गरेर तपाईं साइबर चोरहरुलाई आफ्नो निजि जानकारी दिइरहनु भएको छ ।  सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस्  फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाईं सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने कुरा होइन । यसबाट तपाईंमाथि याद गरिरहेका मानिसहरुले तपाईं कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । यो जानकारी तपाईंको लागि समस्याको जड हुनसक्छ ।  वर्तमान ठाउँ पोष्ट नगर्नुहोस् कोहि मानिसहरुको बानी नै हुन्छ छिन–छिनमा आफ्नो फेसबुक अपडेट गर्ने । कुन रेष्टुरेन्टमा खाना खाइरहेका छन् र यसका साथै त्यहाँको पूरै लोकेसन ट्याग गर्ने गर्दछन् । तर यस्तो गर्नु राम्रो होइन । यसबाट मानिसहरुलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी हुन्छ र यदि तपाईंलाई लुट्न प्रयास गरिरहेका मानिसहरु छन् भने उनीहरुलाई यस्तो पोष्टले निकै सहयोग गर्ने गर्दछ ।  घरमा एक्लै भएको कुरा तपाईं घरमा एक्लै भएको कुरालाई कहिले पनि पोष्ट नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ जसको फाइदा उनीहरुले तपाईंबाट उठाउन सक्छन् ।  तस्बिरमा नामसँगै ट्याग थुप्रै मानिसहरु आफ्नो बच्चाहरुको धेरै फोटो उनीहरुलाई ट्याग गरेर पोष्ट गर्ने गर्दछन् । कसैले त बच्चा जन्मनेबित्तिकै बच्चाको फोटोसँगै हस्पिटलको ठेगाना पनि पोष्ट गर्ने गर्दछन् । यदि तपाईं कुनै फोटो पोष्ट गरिरहनुभएको छ भने त्यसमा कसैलाई पनि ट्याग नगरि पोष्ट गर्नुहोला ।  साइबरसँग जोडिएका थुप्रै अपराधमा मानिसहरु पक्राउ परिरहेका छन् । यसबाट बच्न यसको प्रयोगमा प्रतिबन्धको साटो यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने भन्ने बारेमा सोच्नु जरुरी छ । आफ्नो तर्फबाट सुरक्षाको तरिका अपनाएमा भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।(एजेन्सी)–
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top