काठमाडौं, श्रावण ७ । ताइवानमा एउटा यात्रुबाहक विमान आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । ताइवानको पेङ्घु टापुको मागोङ्ग एअरपोर्टमा आपतकालीन अवतरण गर्ने क्रममा ताइवानकै ट्रान्सएसिया एअरवेजको ‘जी इ २२२’ विमान दुर्घटनाग्रस्त भएको हो ।
आन्तरिक उडानमा रहेको विमानमा ५४ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । राडारसँग सम्पर्कविच्छेद भएको केही समयपछि विमान धावनमार्ग नजिकै दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
ताइवानको राजधानी ताइपेईबाट पेङ्घु टापुको लागि उडेको उक्त ‘एटीआर’ विमान खराब मौसमका कारण दोस्रो पटक अवतरणको प्रयास गर्दा दुर्घटनामा परेको जनाइएको छ । विगत दुई दिनदेखि ताइवानमा मात्मो नामक आँधीले प्रभाव जमाइरहेको छ । (एजेन्सी)

0 comments:
Post a Comment