728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, July 23, 2014

    डेटिङ एपः अब अनुहार नहेरी आवाजबाटै जोडी छान्न सकिने

    अनलाइन डेटिङका क्रेजीहरुका लागि सजिलो एप तयार भएको छ जसले तस्वीर नहेरी आवाजबाटै आफुलाई मन पर्ने पार्टनर छान्न सम्भव गराइदिनेछ । 
    रिभेलर नामक उक्त एपका सर्जकहरुले यो एपको माध्यमबाट डेटिङमा सतहीपना अन्त्य गर्ने र आँखा चिम्लिएर आफुलाई सुहाउँदो जोडी खोज्न सहज बनाउने उद्धेश्य राखिएको बताएका छन् । यो नयाँ एपमा डेटिङका लागि पार्टनर खोजिरहेको व्यक्तिको २० सेकेण्डको एक साउण्ड क्लिपको प्रयोग हुनेछ । तर, उसको तस्वीर भने धमिलो पारिएको हुन्छ । त्यसपछि प्रयोगकर्तालाई उनीहरुका सम्भाव्य नजिकको व्यक्तिको सूचि मिलान गरिन्छ जसमा व्यक्तिको नाम, उमेर, स्थान तथा उनीहरुको आफ्नो आवाजबाट परिचय । जब दुईबीचको आवाजबाट डेटिङ पार्टनर बन्न सक्ने ठहर एपले गर्छ तब ती एकअर्कालाई उनीहरु दुबैको तस्वीर देखाइन्छ । प्रयोगकर्ताहरुले आफुले रोजेका प्रसस्तै अन्य कामूक आवाज समेत सुन्न सक्छन् । बेलायतका २७ वर्षे गुए ह्यारिंगटन र ३२ वर्षे पाउल लेइटले यो एपको विकाश गरेका हुन् । अहिलेका डेटिङ एपहरु हावादारी रहेकै कारण आफुहरुले साँच्चीकै भरपर्दो डेटिङ एपको रुपमा रेभेलरको विकाश गरेको गुइको दाबी छ । डेटिङ एप टिन्डरबाट दिक्क भएकै कारण आफुहरुले एक दिन आँखा चिम्लिएर डेट जाने स्टाइलको एपको विकाश गर्ने सोँचेका उनको भनाइ छ । कसैले यो एपको माध्यमबाट डेटिङ गएर बिहे समेत गरेभने आफुहरुलाई निकै खुसी लाग्ने उनी बताउँछन् । एप्पलको एप स्टोरका एक प्रयोगकर्ताले भनेका छन्, ‘मान्छेको तस्वीर नदेखिकनै उसको आवाज सुन्दा एक अर्काबीचको सम्बन्ध अझै बलियो हुन्छ ।’
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डेटिङ एपः अब अनुहार नहेरी आवाजबाटै जोडी छान्न सकिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top