728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    ‘सभासद जित्न’ जाली नेपाली दाम

    बारा-दोस्रो संविधानसभा निर्वाचन जित्न भारतबाट नक्कली नेपाली नोट छपाई नेपाल ल्याउने काममा संलग्न उम्मेदवार चुनाव भएको आठ महिनापछि पक्राउ परेका छन्।
    इलाका प्रहरी कार्यालय, सिमरा बाराको टोलीले सोमबार एक लाख नक्कली नेपाली रुपैयाँसहित रामदयाल ठाकुर र महम्मद मुस्तकिमलाई पक्राउ गरेको हो।
    ठाकुर पर्साबाट दोस्रो संविधानसभा चुनावमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट समानुपातिक बन्दसूचीमा (उम्मेदवार) थिए। मुस्तकिम उनका निकट सहयोगी रहेको प्रहरीले जनाएको छ।
    ना१२प ९६५ नं. को मोटरसाइकलमा सवार उनीहरुलाई जाँचपडताल गर्ने क्रममा गढिमाई नगरपालिका–७ बाट नियन्त्रणमा लिइएको बारा प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दियो।
    b7b8aad800752ed034d3dcc2f502cff2_L
    उनीहरुका साथबाट १ हजार र ५ सय दरका एक लाख ५ सय नक्कली नेपाली नोट बरामद गरिएको छ। बरामद नोट प्रारम्भिक परीक्षणमा नक्कली ठहरिएको प्रहरीको दाबी छ।
    पर्सा, बैरियाबिर्ता–३ घर भई हाल वीरगन्ज–१६ मा बस्दै आएका ठाकुरसँग १ हजार दरका ५० थान र भारत बिहार मोतिहारी जिल्ला जटवा जेनरिया घर भई हाल गढीमाई नगरपालिका–७ मा डेरा गरी बस्दै आएका महम्मद मुस्तकिम मियाका साथबाट १ हजार दरका ५० वटा नोट फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए।
    एसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा ठाकुरले संविधानसभा निर्वाचनमा खर्च गर्न भारतबाट ती नोट ल्याएको बयान दिएका छन्। बरामद नोट निर्वाचनमा खर्च नभएको खुलेकाले संविधानसभा निर्वाचनका लागि भारतमा नक्कली नेपाली रुपैयाँ छापेर मतदातालाई प्रभावित पार्न बाँडेको हुनसक्ने प्रहरीको आशंका छ। तर उक्त पार्टीको निर्वाचनमा कुनै अस्तित्व देखिएन।
    बरामद नोटहरुको क्रमसंख्या ख ५३७४३८७७ नम्बरको ३४ थान, ख ५१०९०७५८ नम्बरको ३२ थान, ख ४२०६२६९२ नम्बरको ३४ थान छन्। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान बढाइएको प्रहरीले जानकारी दिएको छ।
    ठाकुरले प्रहरीलाई चुनावी प्रयोजनका लागि भारतबाट नक्कली नोट ल्याएको बयान दिएकाले पछिल्लो समय भारतमा नक्कली नोट कारोबारीले नेपाली रुपैयाँसमेत छाप्ने गरेको खुलेको छ।
    ठाकुरले भारतबाट ल्याएको भने पनि कहाँबाट, कोसँग, कति दरमा नक्कली नोट ल्याए, निर्वाचनमा कति बाँडेलगायत भने खुलाएका छैनन्।
    पछिल्लो समय तराईमा नक्कली भारतीय रुपैयाँसँगै नेपाली रुपैयाँसमेत फेला पर्न थालेको छ। गत वर्ष वैशाख २ गते पनि नारायणी अञ्चल प्रहरी कार्यालयले भारतबाट भिœयाइएको १ लाख ३८ हजार रुपैयाँबराबर नक्कली नेपाली नोटसहित वीरगन्ज उपमहानगरपालिका–१९, इनर्वाका वहिद अन्सारीलाई पक्राउ गरेको थियो।
    वीरगन्ज–१३ रानीघाटटोलबाट पक्राउ परेका अन्सारीका साथबाट १ हजार दरका १ सय ११ वटा र ५ सय दरका ५४ वटा नोट फेला पारेको थियो। एसपी कार्कीले बारा र पर्सामा रहेका बेरोजगार युवा नक्कली नोट कारोबारमा संलग्न देखिएको बताए।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘सभासद जित्न’ जाली नेपाली दाम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top