728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    तपाई सुखद दाम्पत्यजीवन चाहनु हुन्छ भने यी कुराहरु गर्नुस... जानिरखौ सबैले....

    जिन्दगि सुखी बनाउन सिंगो वातारणनै सुखमय हुनु जरुरि छ । त्यसमाथि पनि हामीले हाम्रो आधा भन्दा बढी जिन्दगि गुजार्ने समय भनेकै दाम्पत्य जीवनमा हो । यस समयमा खुशी र सुखी हुनका लागी दुवै जोडीले एक-अर्कालाई सम्झिन र सम्झाउन जरुरी हुन्छ । भित्रै देखि मायाँ गरेर मात्र कोहि सुखी/खुसि नरहन सक्छ त्यसैले दाम्पत्यको सुरुवातसंगै एकले अर्कोलाई प्रत्यक्ष मायाँको अनुभूति दिलाउन सक्नु पर्छ । जसले भविष्यमा दाम्पत्य जीवनमा हुन सक्ने खतराहरु सहजै टरेर जान सक्छ्न् ।

    दाम्पत्य जीवनमा सुख/खुसि हुने विशेष मन्त्रहरु:-


    हामी सबैको चाहाना हुन्छ की जीन्दगीमा सधैंभरी खुशहाल जीवन यापन गर्न पाऔं । यसका लागी हामी केही प्रयासहरु गर्छौं । यही विषय दाम्पत्य जीवनमा पनि लागू हुने गरेको छ । सम्बन्धको माधुर्यता कायम राख्नका लागी केही ठोस पक्षमा अनिवार्यरुपमा ध्यान जरुरी छ ।

    एक-अर्काको भावनालाई बुझ्ने प्रयास-:


    कहिलेकाहीं हामी चाहान्छौं कि हाम्रो लागी जीवनसाथीले केही खास गरोस । तर प्रायः तपाईको वास्तविक अपेक्षा के हो भन्ने नै जानकारी हुँदैन । आफ्नो जीवन साथीलाई खुशी राख्नका लागी उसका विशेष अपेक्षा र चाहनाहरुको सूची आदान प्रदान गरेर विशेष अवसरहरुमा एक अर्कालाई विशेष उपहारसँगै खुशीको अनुभूती दिलाउन सकिन्छ ।

    मायाको बयान गरौं-:


    कुनै पनि सम्बन्धमा सुरक्षा र विश्वास जागृत गर्नका लागी प्रेमको अनुभूती दिलाउनुज्यादै महत्वपूर्ण मानिन्छ । यस्तो सम्बन्धमा कुनै आदर्श नियम बनाइएको हुँदैन । जीवनसाथी प्रति आफ्नो भावना प्रष्फुटन गर्नका लागी व्यक्तिको आ आफ्नै तरिका हुन्छ । यस्तो अवस्थामा तपाई आफैंले निश्चय गर्नुपर्छ की कुन विशेष अन्दाजबाट आफ्नो मायालुलाई प्रेमको अनुभूती दिलाउने । त्यसो त आकर्षक तन्नामाथि एउटा आकर्षक गुलाबको फूल र आइ लभ यू अंकित कार्ड राखेर पनि प्रेमको प्रदर्शन गर्न सकिन्छ ।

    ओछ्यानमा एक साथ-:


    जब तपाई राती आरामका लागी ओछ्यानमा जानुहुन्छत्यस्तो अवस्थामा सधैं जीवनसाथीसँगै ओछ्यानमा जाने बानी बसाल्नुहोस् । यस्तो अवस्थामा यो जरुरी छैन की तपाईहरु दुबैजना एक साथ निदाउने र ब्युझिने गर्नुपर्छ । यदी तपाईको जीवनसाथै तपाईभन्दा पहिले निदाउने बानी छ र तपाई अबेरसम्म अध्ययन वा टिभी हेर्नमा व्यस्त रहन चाहानुहुन्छ भने पनि सँगसँगै बेडमै बसेर पनि यो काम गर्न सक्नुहुन्छ । जब तपाईको जीवन साथी निदाइ सक्छ त्यसपछि तपाई ओछ्यानबाट उठेर आपुनो कामलाई पुनः निरन्तरता दिन सक्नुहुन्छ । यसले तपाईको जीवनसाथीलाई भावनात्मक सामिप्यताको अनूभूती दिलाउँछ आनन्द अनुभूती गराउँछ ।

    समय छुट्याउनुहोस-:


    दाम्पत्य जीवनको यो अर्थ होइन की तपाई यसको जिम्मेवारीमा पूर्णरुपमा व्यस्त रहनुहोस् । वास्तवमां आनन्दित जीवन त्यही हो जसमा स्त्री र पुरुष दुबैले आपुनो लागी केही समय दिन सकून् ।

    रोमान्टिक हुन सिक्नुहोस्-:


    प्रेमको अनुभूती दिलाउनका लागी केही यस्तो गर्नुहोस् जस्ले तपाईको जीवनसाथीको मुटु छाम्न सकोस् । जीवनमा रोमांशका लागी धेरै बढी खर्च गर्नुपर्छ भन्ने जरुरी छैन । स-साना कुराले पनि जीवनमा उत्तिकै महत्व राख्दछ । उदाहरणका लागी मायालुलाई दिएको एउटा गुलाफको फूलको पनि उत्तिक्कै महत्व छ जती एउटा फूलको गुच्छाको । एक आपसमा अंतरंग वार्तालापका माध्यमबाट तपाईहरु एक अर्कालाई कुन कुराले बढी रोमान्चित बनाउँछ भन्ने जान्न सक्नुहुन्छ ।

    एक अर्कासँग सामिप्यता बढाऔं-: 


    जीवनसाथीको हात आपुनो हातमा लिएर माया भरिएको नजरले आँखामा आँखा जुधाउँदै ती कुरालाई सम्झिनुहोस जुन तपाईलाई औधी मनपर्छं। कसैसँग महत्वपूर्ण कुराकानी शुरुवात गर्नुपूर्व यसो गर्दा समझदारी बढ्छ ।

    पहिले आफूलाई खुशी राख्नुहोस्-:


    याद राख्नुहोस् तपाईको खुशी तपाईको जीवनसाथीमाथि निर्भर हुँदैन । यो त तपाईको अंतर्मन मा निहीत हुन्छ । दांपत्य जीवनलाई आनन्दित बनाइ राख्नका लागी तपाई आफैं पनि खुशी रहनसक्नु जरुरी छ । तपाई आफैं खुशी अनुभूती गर्नुहुन्छ भने यसको असर दांपत्य जीवनमै पर्न जान्छ । खुशी रहनुको एउटा उपाय छईश्वरले तपाईलाई जे जति थोक दिएको छत्यसका लागी आफूलाई धन्य महशुस गर्नुहोस् ं। यसो गर्दा मात्र तपाईलाई अनुभूती हुन्छ की तपाई कतिपय अवस्थामा अरुभन्दा धेरै भाग्यमानी हुनुहुँदो रहेछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तपाई सुखद दाम्पत्यजीवन चाहनु हुन्छ भने यी कुराहरु गर्नुस... जानिरखौ सबैले.... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top