728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    मेलम्ची सुरुङ दैनिक २० मिटर

    मेलम्ची-निर्धारित कार्यतालिका पछ्याउने क्रममा दैनिक २० मिटर सुरुङ थपिन थालेपछि २०७१ वैशाखभित्र मेलम्ची पानी काठमाडौं उपत्यका पुग्ने सम्भावना बलियो बनेको छ। तोकिएकै समयमा मेलम्ची पानी उपत्यका पुर्यातउन इटालियन ठेकेदार कम्पनी सिएमसी (को–अपरेटिभा एन्ड मुरातोरी सिमेन्टिस्टी) ले एक सातादेखि दैनिक २० मिटर सुरुङ खनिरहेको छ।
    साढे तीन वर्ष काम गर्दा पूर्वठेकेदार कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले यति धेरै सुरुङ कहिल्यै खन्न सकेको थिएन। दैनिक २५ मिटरसम्म सुरुङ खनेको सिएमसीले औसतमा २० मिटरबाट घट्न नदिएको जनाएको छ। ‘सिएमसीले सुरुङ निर्माण बढाउनेबाहेक घट्ने ठाउँ र कारण छैन,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले नागरिकसँग भने।
    तेस्रोपटक संशोधित लक्ष्यअनुसार सन् २०१६ सेप्टेम्बरमा साढे २६ किलोमिटर लामो सुरुङ बनाइसक्ने र वितरणको काम सकेर २०७३ वैशाखभित्र उपत्यकामा मेलम्ची पानी ओराल्ने सरकारको महत्वाकांक्षी सोच छ। यसका लागि ठेकेदारले दैनिक कम्तीमा ३० मिटरका दरले महिनामा एक किलोमिटर सुरुङ खन्नु पर्ने हुन्छ। ठेकेदार सिएमसी बाँकी रहेको सिन्धु टनेलबाट ग्याल्थुमतर्फ अघि बढेकाले सातापछि दैनिक पाँच मिटर थपिएर २५ मिटर निर्माण हुने कार्यकारी निर्देशक भट्टराईले बताए। ‘अबको एक महिनापछि ठेकेदारले निर्धारित कार्यतालिकाअनुसार कम्तीमा ३० मिटर खन्न थाल्ने छ,’ उनले भने।
    7670dd6d5631fc8aa837b32b91017d88_L
    पूर्वठेकेदारले खनेको समेत सोमबारसम्म साढे सात किलोमिटरभन्दा बढी सुरुङ निर्माण भइसकेको छ। गत फेब्रुअरीमा साइट छिरेर सुन्दरीजलबाट दैनिक दुई–तीन मिटरका दरले सुरुङ खन्न थालेको सिएमसीले सात महिनामा ११ सय मिटर खनेको छ। पूर्णजनशक्ति र औजारका साथ ठेकेदार पाँच टनेल (सुरुङ खन्ने मुख) को सातमध्ये ६ स्थानमा प्रवेश गरिसकेकाले निर्माणले तीव्रता पाउने आयोजनाको विश्वास छ। सबैभन्दा पछि साताअघि सिन्धु टनेलबाट ठेकेदार ग्याल्थुमतर्फको सुरुङमा छिरेको छ। योसँगै सुन्दरीजल, सिन्धु र ग्याल्थुम टनेलबाट दुईतर्फी सुरुङ निर्माणको बाटो खुलेको छ। अम्बाथानबाट ग्याल्थुमतर्फ एकतर्फी काम भइरहेको छ। अम्बाथान टलेनबाट मुहान रिबर्मा छिचोल्न सय मिटरमात्र बाँकी रहेकाले ठेकेदारले यहाँ अन्तिमतिरमात्र काम गर्ने तालिका छ। अम्बाथान–मुहान रिबर्मा सुरुङ दुरी एक किलोमिटरमात्र छ।
    ठेकेदारले साढे चार सय कामदार चौबीसै घन्टा सुरुङ निर्माणमा परिचालन गरिरहेको छ। ठेक्का सम्झौताको ६ महिनाअगावै सुरुङ खनेर आयोजनालाई हस्तान्तरण गर्ने कबुल गरेको ठेकेदारले सातै दिन चौबीसै घन्टा काम गर्न जगेडाबाहेक सबै उपकरण आयोजनास्थलमा परिचालन गरेको छ। ‘सन्तुष्ट हुने बेला भई नसके पनि ठेकेदारबाट आस गर्ने ठाउँ धेरै छ,’ सिएमसीप्रति कार्यकारी निर्देशक भट्टराईको टिप्पणी छ।
    साढे चार वर्षमा सक्नुपर्ने २६.५ किलोमिटर सुरुङ साढे तीन वर्षमा बल्लतल्ल ६.५ किलोमिटर खनेर चिनियाँ ठेकेदार कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले एकतर्फी रुपमा ठेक्का तोडेपछि बाँकी काम गर्ने जिम्मा सिएमसीले पाएको हो। गएको असार मसान्तमा ३६ महिनामा बाँकी २० किलोमिटर सुरुङ खन्ने सम्झौता सिएमसीले गरेको थियो। ३० महिनाभित्रै सुरुङ निर्माण सक्ने प्रतिबद्धता जनाएर गत अक्टोबरमा काम गर्ने अनुमतिसहित सिएमसी कार्यक्षेत्र प्रवेश गरेको थियो। सम्झौताअनुसार ठेकेदारले काम गर्ने अवधि अब २३ महिना बाँकी छ। प्रतिबद्धताअनुसार १८ महिनामात्रै बाँकी छ।
    ६ महिनाअगावै सके आयोजनाले ठेकेदारलाई यस अवधिको बोनस रकम दिने घोषणा गरेको छ। प्रतिबद्धता पूरा गरे उसले सम्झौता रकमको प्रतिदिन ५.०५ प्रतिशतका दरले एक सय ८० दिनको रकम बोनस पाउने छ। आयोजना र सिएमसीबीचको ठेक्का अवधि भने सन् २०१६ सेम्टेम्बरसम्म छ। ठेकेदारको प्रतिबद्धता अनुसार ६ महिनाअघि मार्चमै सुरुङ निर्माणले पूर्णता पाउने छ। ठेकेदारले प्रतिबद्धता जनाएकै समयमा सुरुङ सकिने विश्वासका साथ आयोजनाले पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण थालिसकेको छ। भिय टेक वाब्याग कम्पनीले प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। सन् २०१६ मार्चमा प्रशोधन केन्द्र र सुरुङ दुवै संरचना सम्पन्न हुने आयोजनाको दाबी छ।
    मेलम्चीमा भट्टराई
    काकाकुल राजधानीबासीको पानी प्यास मेटाउने अपेक्षा गरिएको बहुचर्चित तथा बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशकमा सहसचिव घनश्याम भट्टराई नियुक्त भएका छन्।
    आयोजनाका निवर्तमान कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले अवकाश लिएपछि आयोजनाकै उपकार्यकारी निर्देशक भट्टराईलाई यो जिम्मेवारी दिइएको हो। प्रमुखको रुपमा मेलम्ची आयोजना ३१ महिना हाँकेका आचार्य असार ४ गते अनिवार्य अवकाशमा गएपछि भट्टराईले नेतृत्व सम्हालेका हुन्। उनको अवकाशपछि निमित्तको जिम्मेवारी पाएका भट्टराईलाई भौतिक मन्त्रालयले ११ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
    खानेपानी क्षेत्रमा लामो समय काम गरेर विज्ञता हासिल गरेका भट्टराईको काँधमा हालसम्म साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको बहुचर्चित तथा बहुप्रतीक्षित मेलम्ची आयोजनाको बाँकी कार्यभार पूरा गर्नुपर्ने चुनौती आएको छ। ‘अवसर र चुनौती दुवै छन्। आयोजना समयमै सम्पन्न गर्ने मेरो ध्येय हुने छ,’ उनले भने। मेलम्ची खोलाबाट उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने उद्देश्यले २०५५ (सन् १९९८) मा मेलम्ची खानेपानी विकास समिति गठन गरिएयता भट्टराई दशौं कार्यकारी निर्देशक हुन्।
    साढे २ वर्षभन्दा बढी समय आयोजना हाँकेका आचार्यको कार्यकाल अन्योल र आशाबीच गुजि्रयो। चिनियाँ ठेकेदारले जिम्मेवारी बहन गर्न नसकिरहेका बेला आयोजना पूरा हुने कि नहुने भन्ने अन्योलबीच उनी कार्यकारी निर्देशक बने। नभन्दै चिनियाँ ठेकेदारले एकतर्फी ठेक्का रद्द भएको घोषणा गर्योन। उनकै पालामा सुरुङ निर्माणको अलपत्र काम पूरा गर्न इटालियन कम्पनी नियुक्त भयो। ‘मेलम्ची अब पछि धकेलिँदैन। दुई–चार महिना तलमाथि भए पनि तोकिएको समय आसपास काठमाडौंमा पानी खस्छ,’ निवर्तमान कार्यकारी निर्देशक आचार्यको मूल्यांकन छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मेलम्ची सुरुङ दैनिक २० मिटर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top