728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, September 16, 2014

    लडाकूले मङ्गलबार सिरियाको युद्धक विमान गोली हानी खसालेका छन् ।


    एजेन्सी, ३१ भदौ, विगतका महिनाहरुदेखि सिरिया र इराकमा आतङ्क मच्चाउँदै आएको आतङ्कवादी समूहका लडाकूले मङ्गलबार सिरियाको युद्धक विमान गोली हानी खसालेका छन् । उनीहरुको विरुद्धमा सिरिया सरकारले विगतका केही महिनादेखि नै हवाई आक्रमण थालेको थियो । 

    सोही आक्रमणलाई मङ्गलबार पनि जारी राखिएको थियो । उक्त विमान मङ्गलबार सिरियाको राक्वा सहरको आकासबाट खसालेको बताइएको छ । सो जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । बेलायती मानवअधिकारवादी सो संस्थाले भनेको छ – 'आइएसका लडाकूले सिरियाली सैनिकको एक युद्धक विमान गोली हानी खसालेको छ ।'

     गएको जुलाई महिनादेखि आइएसका विरुद्ध सैनिकले सुरु गरेको कारबाहीपछि यो पहिलोपटक सैनिक विमान खसालेको बताइएको छ । गत जुन महिनामा आइएसले आतङ्कवादी हमलाको घोषणा गरेपछि उनीहरुका विरुद्ध सरकारी सेनाले हवाई हमला थालेको हो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: लडाकूले मङ्गलबार सिरियाको युद्धक विमान गोली हानी खसालेका छन् । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top