728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    पुरुषहरुले महिलाको कुन अंगमा बढी हेर्छन् ? थाहा पाईराखौ


    महिलाहरुलाई घुरेर हेर्ने बानी पुरुषका लागि कुनै नौलो होइन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने केटीहरुलाई आँखाबाट ओझेल नभएसम्म घुरेर हेर्ने गर्छन् । यसरी घुरेर हेर्दा आखिर के हेर्छन् त पुरुषहरु ? यसबारे अमेरिकी वैज्ञानिकहरुले निकै रोचक खुलासा गरेका छन् ।

     अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनको शोधकर्ताहरुको अनुसार पुरुषहरु महिलाको अुनुहार र आँखामा सबैभन्दा कम हेर्ने गर्छन् । उनीहरु महिलाको वक्षस्थल र कमरको आसपास बढी हेर्ने गर्छन् । अझ पातलो कमर भएका महिलाहरुलाई पुरुष बढी हेर्ने कुरा पनि उक्त अध्ययनमा बताइएको छ ।

     तपाईं यो सुनेर आश्चर्य लाग्न सक्छ, पुरुष जस्तै महिलाहरु पनि अन्य महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारलाई नभएर शरीरका अन्य भागहरुलाई नै हेर्ने गर्छन् । यस अध्ययनमा शोधकर्ताहरुले ३६ पुरुष र २९ महिलाहरुलाई सामेल गरेका थिए । 

    यसरी अध्ययन गर्दा उनीहरुको शरीरमा आइ–ट्रेकिङ मेसिन जडान गरेका थिए । त्यसपछि उनीहरुलाई दुब्ली, सुडौल र औसत शरीर भएका महिलाहरुको १० वटा फोटो दिइएको थियो र उनीहरुले उक्त फोटोमा महिलाहरुको कुन अंगमा बढी हेर्छन् भनेर रेकर्ड गरिएको थियो ।

     त्यसरी अध्ययन गर्दा उनीहरुले महिलाको वक्षस्थल र कमरको छेउको भागमा बढी हेर्ने देखाइएको थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरुषहरुले महिलाको कुन अंगमा बढी हेर्छन् ? थाहा पाईराखौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top