728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 17, 2014

    टाउको नै कुच्चिएपछि…3D प्रिन्टेड टिटानियम हड्डी जडान


    टाउको नै कुच्चिएपछि…3D प्रिन्टेड टिटानियम हड्डी जडान

    चीनको झाओझी गाउँका ४६ वर्षीय हु थरका एक किसानको जीवनमा यस्तो विपत्ति आइलागेको छ, जसबाट उनको टाउको नै कुच्चिएको छ ।ज्याला मजदुरीबाट जीवन चलाउँदै हु गत वर्षको अक्टोबरमा एउटा घरमा मजदुरी गरिरहेका वेला तीन तलाबाट खसेका थिए । 

    त्यतिेबला उनको टाउकोमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि टाउकोको आधा हिस्सा नै हटाउनुपर्‍यो भने दृष्टि र बोलीमा समेत असर परेको छ । यद्यपि चीनका डाक्टरले उनको कुच्चिएको टाउको मिलाउने बताएका छन् ।

    सान्सी प्रान्तको जिजिङ अस्पतालमा डाक्टरले थ्रिडी–प्रिन्टिङ प्रविधिबाट बनेको ‘टिटानम इम्प्लान्ट’ भरेर उनको टाउको पहिलेकै जस्तो बनाउने भएका हुन् । एजेन्सीभिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टाउको नै कुच्चिएपछि…3D प्रिन्टेड टिटानियम हड्डी जडान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top