728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, September 15, 2014

    गूगललाइ टक्कर दिन माइक्रोसफ्टको ४० डलरको फोन


    दिनेश बास्तोला, काठमाडौं, प्रसिद्ध आईटी कम्पनी माइक्रोसफ्टले केही मोबाइल फोन मोडल्सबाट ‘नोकिया’ ब्राण्ड नेम हटाइरहेको छ । कम्पनीले पप्युलर ‘आशा’ रेन्जलाइ बन्द गर्नुका साथै स्मार्टफोन्सको मूल्य आक्रामक तरिकाले कम गर्ने तयारी गरेको छ । कम्पनीले भारत जस्तो इमर्जिङ मार्केट्समा पहिलो पटक फोन खरिद गर्नेहरूलाइ टारगेट गर्दै फीचर फोनको आफ्नो ‘फर्स्ट’ क्याटेगरी सार्वजनिक गरिरहेको छ । यस फोनको मूल्य ४० डलर भन्दा पनि कम हुने बताइएको छ ।


     यस आक्रामक प्राइसिङ् स्ट्रेटेजीको उद्देश्य मार्केट्समा आफ्नो ह्याण्डसेट कम्पनीको मार्केट शेयर बढाउनुका साथसाथै आफ्नो विन्डोज अपरेटिङ सिस्टमलाइ मार्केटमा लिडर एन्ड्रोइड र एप्पलको आईओएसलाइ टक्कर दिन लायक बनाउनु हो । आईडीसीका अनुसार, विन्डोज अपरेटिङ सिस्टमको मार्केट २.५ प्रतिशत रहेको छ, जबकि एन्ड्रोइड ८४.७ प्रतिशतका साथमा एक नम्बरमा रहेको छ । आईओएसको भने ११.७ प्रतिशतको हिस्सेदारी रहेको छ । 

    माइक्रोसफ्टले गूगलको ‘एन्ड्रोइड वन डिभाइसेज’ लाइ हेर्दै आफ्नो स्ट्राटेजी बदलेको छ । सोमबारनै माइक्रोम्याक्स, कार्बन र स्पाइस जस्ता प्रमुख इन्डियन ह्याण्डसेट मेकर्सका साथमा मिलेर गूगलले ‘एन्ड्रोइड वन डिभाइसेज’ सार्वजनिक गर्न गैरहेको छ । यस अघि फायरफक्सले पनि भारतीय ह्याण्डसेट पार्टनर्सका साथमा मिलेर ३ हजार २ सय नेपाली रूपैयाको मूल्यमा स्मार्टफोन सार्वजनिक गरिसकेको छ । माइक्रोसफ्टमा मोबाइल डिभाइस सेल्सका भ्वाइस प्रेसिडेन्ट क्रिस वेबरले इकनोमिक टाइम्सलाइ बताए अनुसार यो पुरै पोर्टफोलियोलाइ नयाँ लुक दिने कुराको शुरूवात हो । 

    माइक्रोसफ्ट फोनको मूल्य निकै कम गर्ने तयारीमा छ । माइक्रोसफ्टले यहि बर्षको अप्रिल महिनामा ७.५ अरब डलरमा नोकियालाइ खरिद गरेको थियो । अब डिभाइसहरूको सेल्स बढाउनका लागी नयाँ स्ट्राटेजीमा केही परिवर्तन गरिएको छ । वेबरका अनुसार आगामी बाह्र देखि अठार महिनामा माइक्रोसफ्ट विन्डोज स्मार्टफोन्सको प्राइस सम्बन्धमा काम गर्नेछ । अहिले सम्म पनि एक अरब मानिसहरूसंग मोबाइल फोन छैन भने २ अरब मानिसहरूको मोबाइल डिभाइसेजमा इन्टरनेटको पहुंच छैन । यस्तोमा कम्पनीले यस्ता मानिसहरूलाइ टारगेट गर्न खोजेको हो । -
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गूगललाइ टक्कर दिन माइक्रोसफ्टको ४० डलरको फोन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top