728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    अमेरिकाले लगायो रुसमाथि नयाँ प्रतिबन्ध


    काठमाडौं, भाद्र २८ । अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनका पृथकतावादीहरुलाई सघाएको भन्दै अमेरिकाले रुसका ठूला बैंक, रक्षा र उर्जा कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको हो ।

     रुसमाथि आर्थिक नाकाबन्दीलाई अझ कडा बनाउने युरोपेली संघको निर्णयलगत्तै अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकाको यस निर्णयबाट रुसको सबैभन्दा ठूलो बैंक सबर बैंक, रक्षा र व्यवस्थापकीय क्षेत्रमा पर्ने बताइएको छ ।

     युक्रेन र रुस समर्थित पृथकतावादीबीच युद्ध रोक्न सहमति भएपनि अमेरिकाले थप नाकाबन्दी लगाएको हो । हतियारले सुसज्जित करिब एक हजार सैनिक युक्रेनभित्रै तथा करिब २० हजार सैनिक सीमामा रहेको ‘नेटो’को आरोप छ । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकाले लगायो रुसमाथि नयाँ प्रतिबन्ध Rating: 5 Reviewed By: Unknown
    Scroll to Top