728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    अब महिलाको लागि गर्भनिरोधक आवश्यक छैन, पुरुषको लागि आउँदैछ इन्जेक्सन


    अब ती दिन टाढा छैनन् जब महिलाले अनावश्यक गर्भबाट बच्नका लागि गर्भनिरोधकको औषधी लिन नपरोस् । आउने तीन वर्षमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन बजारमा भित्रिने छ । बाँदर ‘बैबुन’ मा यो इन्जेक्सनको सफल प्रयोग भएको छ । यसको क्लिनिकल ट्राइल अर्को वर्ष सुरु हुने बताइएको छ ।


     पुरुषका लागि पहिलो पटक गर्भनिरोधकको रुपमा यो इन्जेक्सन उपलब्ध हुनेछ । नाफारहित संस्था ‘पेरसीम्स फाउन्डेसन’ पछिल्ला केहि वर्षदेखि पुरुषको गर्भनिरोधक इजेक्सनमाथि अनुसन्धान गरिरहेको छ । उक्त संस्थाले लामो समयपछि इजेक्सन ‘वसालजेल’ विकसित गरेको छ ।

     यो वर्षको अन्त्यसम्म उक्त इन्जेक्सनको बारेमा अझ धेरै जानकारी प्राप्त गर्न सकिने बताइएको छ । संस्था पेरसिम्स फाउन्डेसनका प्रवक्ताका अनुसार सन् २०१५ देखि २०१६ सम्म उक्त इन्जेक्सनको क्लिनिकल टेस्ट मानिसमा हुनेछ ।

     संस्थाले चाँडोभन्दा चाँडो उक्त इन्जेक्सनलाई बजारमा भित्र्याउन चाहने बताइएको छ । सन् २०१६– २०१७ सम्ममा यो इन्जेक्सन बजारमा आउने अनुमान गरिएको छ । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अब महिलाको लागि गर्भनिरोधक आवश्यक छैन, पुरुषको लागि आउँदैछ इन्जेक्सन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top