728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, September 12, 2014

    भाइब्रेटर’ अढाइ लाख रुपैयाँमा बिक्यो


    १९ औँ सताब्दीमा बनाएर प्रयोग पनि भैसकेको पुरातात्विक यौनखेलौना भाइब्रेटर निकै महंगो मूल्यमा लिलामी भएको छ । सेप्टेम्बर पहिलो हप्ता भएको लिलामीमा उक्त भाइब्रेटर १६ सय २५ बेलायती पाउण्ड अर्थात् २ लाख ५६ हजार रुपैयाँमा बिक्रि भएको हो ।

    यो भाइब्रेटर किन्ने मानिसको नाम भने उल्लेख गरिएको छैन । झ्वाट्ट हेर्दा मानिसलाई यातना दिन प्रयोग गरिने लठ्ठीजस्तो देखिने उक्त यौन खेलौनाको विवरणमा यो ‘ अलिअलि प्रयोग भैसकेको’ उल्लेख गरिएको थियो ।

     बेलायतको क्रिस्टी लिलाम तथा बिक्री घरले गरेको लिलामीमा यो पुरातात्विक सेक्स ट्वाय अविश्वसनीय मूल्यमा बिक्यो । त्यस क्रममा भाइकिङ खुकुरी तथा भिक्टोरियन लोखर्के लगायतका ऐतिहासिक सामाग्री समेत लिलामीमा राखिएका थिए । अढाइ लाख रुपैयाँमा बिकेको उक्त यौन खेलौना एक विद्युतिय उपकरण हो । यसको निर्माण सन् १८९३ मा भएको थियो ।

     अमेरिकाका चर्चित फिजिसियन डाक्टर बेन्जामिन बोयडले यसको निर्माण गरेका थिए । सेलुलोइड र सेतो धातुबाट यो बनाइएको छ । यो भाइब्रेटरलाई १९ औँ सताब्दीको अन्त्य तथा २० औँ सताब्दीको सुरुतिर डाक्टरहरुले हिस्टेरिया -यौन उन्माद) भएका महिलाको उपचारका लागि प्रयोग गरेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भाइब्रेटर’ अढाइ लाख रुपैयाँमा बिक्यो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top